Loading...
११ जेठ, काठमाडौं ।
नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बिन्ध मुद्धामा अदालतमा उपस्थित हुनु पर्ने भएको छ ।
सर्वोच्चले ३ दिन भित्र सर्वोच्च अदालतमा हाजिर भएर जवाफ दिने आदेश अदालतले दिएको छ ।
सर्वोच्च अदालतकी कायम मुखायक प्रधानन्याधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार प्रचण्डलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
प्रचण्डले द्वन्दकालीन मुद्धाको विषयमा अदालतले अनावश्यक चासो देखाएको भन्दै अदाल भगवान नभएको अभिब्यक्ति दिएका थिए । प्रचण्ड विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले जेठ ३ गते अदालतको अपहेलना सम्बन्धि मुद्दा दायर गरेका थिए ।
प्रचण्डमाथि लागेको आरोप ठहर भएमा उनलाई १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ ।
प्रचण्डलाई यस अघि पनि यस्तो मुद्धा परेको थियो ।
Loading...
Social Buttons