Latest News

उत्तर कोरियाबारे आयो अर्काे डरलाग्दो खबर ! एकैपटक पाँच लाख बमले !!!

काठमाडौं, २१ वैशाख । उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि एउटा ठूलो आक्रमण गर्नका लागि योजना बनाइरहेको खुलासा भएको छ ।


अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका एडभाइजर विक्टर चाँले आफ्नो किताब ‘द इम्पोसिबल स्टेट’मा उत्तर कोरियाबारे यस्तो खुलासा गरेका हुन् । विक्टरका अनुसार उत्तर कोरियाले रकेट बम र मस्टर्ड ग्यासबाट हमला गरी हजारौं मानिसको ज्यान लिने षडयन्त्र रचिरहेको छ

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम का अनुसार त्यहाँका शासक किम जोङ्ग उनले दक्षिण कोरियन राष्ट्रपति भवनको रेप्लिका (काल्पनिक भिडियो) पनि बनाएका छन् जसबाट आर्मी त्यहाँ हमला गर्न प्रयास गर्नसकोस् । विक्टर चाँ २००४ देखि २००७ सम्म नेशनल सेक्युरिटी काउन्सिलका एसियन अफेयर्स डाइरेक्टर रहिसकेका छन् । यसका साथै उनी दक्षिण र उत्तर कोरियाको मामिलामा विज्ञ पनि हुन् ।


यदि युद्ध भयो भने उत्तर कोरिया दक्षिण कोरियामाथि पाँच लाख रकेट बम बर्षाउने विक्टरले बताएका छन् । यसका साथै दक्षिण कोरियामा स्पेशल फोर्सेजको विमान अवतरण गराउनेछ र पावर स्टेशन र महत्वपूर्ण भवनहरु ध्वस्त पार्नेछ ।


उत्तर कोरिया ६ लाख केमिकल आर्मड (सैनिक) मिसाइलका माध्यमबाट एयरपोर्ट र मेन ट्रान्सपोर्ट लिंकलाई निशाना बनाउनेछ ताकी जापान र अमेरिकी सहयोग पुग्न नसकोस् । युद्धको अवस्थामा उत्तर कोरिया ७ लाख सेना र दुई लाख ट्याक्सी (सैनिक सवारी)का साथ दक्षिण कोरियाको सीमाहरुमा हमला गर्न सक्छ । उत्तर कोरिया जमिनको तल ४७५ फिट गहिराईमा टनल्स बनाउने योजनामा पनि रहेको र त्यसबाट स्पेशल फोर्स दक्षिण कोरियामा घुसेर हमला गर्नसक्छ

Loading...