Loading...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न नेतृत्व दबाब दिएको छ । मधेश समस्याको समाधान, संविधानको कार्यान्वयन र भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन भन्दै काँग्रेसमा सरकारको विकल्प खोज्नुपर्ने दवाब बढेको हो ।
कांग्रेसका प्रभावशाली नेताहरुले सोमबार बसेको संसदीय दलको बैठकमा खुलेरै ओली सरकारको विरोध गर्दै यो सरकारलाई निरन्तरता दिन नसकिने बताएका हुन् ।उनीहरुले सबैभन्दा ठूलो दलको नाताले कि त काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउनुपर्ने धारणा राखे।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न ओली सहमत नभए प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने उनीहरुको निष्कर्ष छ । मधेश समस्याको मामिलामा एमालेको नेतृत्व अनुदार भएकाले सके आफ्नै नेतृत्वमा तथा नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि पार्टी तयार हुनुपर्ने काँग्रेसका सांसद्हरुको भनाइ छ। प्रचण्डले प्रधानमन्त्री बन्न स्वीकारेको खण्डमा जतिसक्दो चाँडो सरकार बदल्ने उनीहरुको भनाई थियो -खबरटाइम्स
Loading...
Social Buttons