Latest News

दुई किशोरलाई हिरासतमा राखेर निर्घात कुटपिट, जुत्ताको माला लगाएर बजार घुमाइयो

सुर्खेत – पश्चिम सुर्खेतको गुटु चौकीका प्रहरीले दुई किशोरलाई हिरासतमा राखेर निर्घात कुटपिट गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रहरीले जुत्ताको माला लगाएर उनीहरूलाई बजारसमेत घुमाएको आरोप अभिभावकको छ ।
गुटु–८ का १५ वर्षीय प्रवेश सुनार र १९ वर्षीय कृष्ण थापालाई हिरासतमा राखेर प्रहरीले कुटपिट गरेको हो ।
सइ देवबहादुर विकको निर्देशनमा हवल्दार अमर चन्द र जवान प्रदीप खड्काले उनीहरूमाथि यातना दिएको अभिभावकले बताएका छन् । जुत्ताको माला लगाई गुटु बजार घुमाएर प्रहरीले सार्वजनिक बेइज्जतीसमेत गरेको अभिभावकको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुटपिट गरेको उजुरीका आधारमा प्रवेश सुनार र कृष्ण थापालाई पक्राउ गरी सामान्य कारबाही मात्र गरेको दाबी गरेको छ ।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी बहादुरजंग मल्लले झगडामा उनीहरूविरुद्ध उजुरी परेपछि पक्राउ गरेर सामान्य कारबाही गरिएको बताए । तर, जुत्ताको माला लगाएर बेइज्जती नगरिएको मल्लको दाबी छ ।

Loading...