Latest News

झुक्दैन नझुक्ने नेपालको छोरो- प्रधानमन्त्री ओली !!!

२०७२ असोज ३ गते संविधानसभा जारी भएसँगै दशकौदेखिको संविधान सभावाट संविधान वनाउने नेपालीको उत्कृष्ट चाहना पुरा भयो । नयाँ संविधान जारी भएसँगै देशमा शान्ति, अमनचयन, स्थिरता र विकासले फड्को मार्ने जनताको चाहनामा भारतिय विस्तारवादको त्यो हुकुमी शैली र २१ औ शताव्दीको यो संचारको युगमा पनि भारतिय नाकावन्दीले थिलो थिलो वनाईदियो । भारतले आफनो असन्तुष्टि राख्दै आएको नेपालको संविधान घोषणा सँगै आफनो प्रत्यक्ष विस्तारवाद रहेको नाकावन्दीले पुन पुष्टि गरिदियो । यो सँगै नेपालको जनतामा नेपालमा भारतको हस्तक्षेत्र र विस्तावाद कति रहेछ भन्ने कुराको अनुभुति गर्न पाए । त्यससँग आम नेपाली जनतामा भारतप्रतिको घृणा, रोष पैदा भएको छ । यसको मुल्य भारतले अनन्तकाल सम्म पनि चुकाईरहनुपर्नेछ । यहि भारतको दादागिरी र हस्तक्षेपको साक्षी सिँगो विश्व वनिरह्यो । यो रमितमा पनि विश्व हेरिरहयो । सायद यो थिचोमिचो पनि विश्वको विभिन्न सन्धि सम्झौता भित्रको एउटा पटाक्षेप नै होला, जुन शक्ति राष्ट्रहरुमा मात्र लागु होला । दशकौ देखिको नेपालमा संविधान सभाको निर्वाचन मार्फत संविधान घोषणा गर्ने नेपालीको असिम चाहना मा नेपालका राजनैतिक दलहरुले पटक पटक समय थप गरेर पनि ८ वर्ष लामो अथक प्रयास को वावजुद संविधान घोषणा गरेको थियो । भलै देशका प्रमुख दल नेपाली काग्रेसले आफनो अस्तित्व रक्षाका लागि होस वा एनेकपा माओवादीले आफनो उपस्थिती जोगाईराख्न संविधान सभा मार्फत संविधानको घोषणा गरे । यो नै नेपालीको ठुलो खुशी र उपलव्धि थियो । यहि खुशी पनि भारतको लागी पाच्य भएन । संविधानमा आफनो दह्रो उपस्थिती खोज्नका लागि, आफनो हस्तक्षेपको नाङ्गो नाँच देखाउन असफल भारत नेपालमा संविधान सभाको घोषणा सँगै नाकावन्दी गरेर आफनो हैकम देखाई छाड्यो । नयाँ संविधान को घोषणा संग नयाँ संविधान अनुसार नयाँ सरकार, राष्ट्रपति, सभामुख को चयन भयो । यो समय सँगै भारतीय नाकावन्दीको चर्को मारमा नेपाली परे । यद्यापी राष्ट्रियता, स्वाभिमान र नेपाली जनतालाई नै सर्वोपरि ठान्ने प्रधानमन्त्रि केपी शर्मा ओलीले भारतिय विस्तारवादको चर्को विरोध गरयो । विपक्षी दलका नेतालाई सरकारको आलोचना गर्ने छुट सँग कुटनिती असफल भयो, भारतसँग सम्वन्ध सुधार गरेर भारत ले भनेको मानेर अगाडी वढ्नुपर्ने धारणा राख्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सुझवुझ पुर्ण, स्पष्ट शैलीले मधेशी मोर्चाले संविधानमा विभेद गरेको मागसहित नाकावन्दी आफुले गरेको हो भन्ने मागलाई धोती लगाईदियो । मधेश र मधेशी जनताका नाममा गरिएको त्यो आन्दोलनमा सोझा साझा सयौ जनताले ज्यान गुमाउनु परयो । कयौ अंगभंग भए । कति विस्थापित भयो । मधेश आन्दोलनका नाममा भारतले आफनो असन्तुष्टि पोख्ने काम गरयो । यद्यापी यो आन्दोलन मधेशी जनताले गरेको नभई भारतले गरेको हो भन्ने कुरा प्रष्ट भयो । उखान टुक्काले देश चल्दैन, भनेर उछितो काट्ने नेपाली काग्रेस सत्ता वाहिर रहँदा परेको त्यो चोटले आहत भएको थियो । सानो सानो कुरामा पनि भारतमा परनिर्भर रहनुपर्ने अवस्थाको सिर्जना देशमा भईरहदाँ आफनै देशमा पनि सम्भावनाको ढोकाहरु रहेको कुरा गर्दा आम जनता र विशेष गरि नेपाली काग्रेसलाई उखान टुक्का भईरहदाँ व्यवहारिक रुपमा त्यसले पुर्णता पाईरहँदा ओली सरकार साँच्चै नै भारतिय विस्तारवादको विरुद्ध लडिरहेको छ । राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता र देशप्रेमले ओत पोत भईरहेको छ भन्ने कुराको प्रमाणित हुदै आईरहेको छ ।27
आफनो चलाखीपन, सुझवुझ पुर्ण व्यवहारले संविधान जारी गर्न सफल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली को यो व्यवहार विशेष गरेर भारत र नेपालमा नै संविधान जारी गर्न नदिएर अराजकता मच्चाउन उन्मुख तत्वहरु संविधान घोषणा सँगै अत्तालिएका थिए । यहि आवेश र आवेगमा नेपालमा पुन विभिन्न तत्वको नाममा वितण्डा मच्चाउन अनेक तिकडम हरु भए । नाकावन्दीको वेलामा भएको त्यो सलवलाहट मा अनाहकमा नेपाली जनताले पाउनुसम्म दुख पाए । तर त्यो फगत कुदृष्टि, कुविचार र दुख दिने अभिप्रायले गरिएको प्रमाणित भएको छ । यसको मुल्य यसका खलनायकहरुले अनादीकाल सम्म तिरिरहनुपर्नेछ । लामो समयसम्म नाकावन्दी गरेर पनि नाकावन्दी हामीले गरेको हैन, नेपालका जनताले नै गरेको हो भन्ने प्रमाणित गराउन भारतले विभिन्न नाटक मंचन गरिरहयो । भारतको त्यो पटाक्षेप लुक्न सकेन र सम्वन्ध सुधारका नाममा प्रधानमन्त्रि ओलीलाइ भारत भ्रमण गराएर सहानुभुति वटुल्न प्रयासरत भारत जवसम्म नेपालमा नाकावन्दी खुल्दैन, तवसम्म भारत भ्रमण गर्दिन भनेर स्पष्ट जवाफ दिएर भारतलाई झुक्न वाध्य वनायो । त्यसको केहि समयपछि नै भारतको नाकावन्दी खुल्यो । यो वाट भारतले प्रधानमन्त्रि ओलीको चार्र्तुयताको राज वुझन वाध्य भयो । राष्ट्र र राष्ट्रियताका लागि कसैसँग पनि नझुक्नै प्रधानमन्त्री ओली भारत भ्रमणको वेलामा द्धिपक्षिय सम्झौता नगरेर देशको शिर उचो राख्ने काम गरयो । विगत देखि गरिदै आएको राष्ट्रप्रमुखको भेटमा गरिने सम्झौता देश जनताको पक्षमा नहुने पाएपछि सम्झौतामा हस्ताक्षर नगरेका प्रधामन्त्रि ओलीको त्यो नै राष्ट्रियताको पक्षमा चर्को नमुना सावित भयो । अन्य प्रधानमन्त्रीलाई केहि दिएर, दवाव दिएर झुक्न वाध्य पार्ने भारत ओलीको यो कठोर निर्णय सँगै नेपाल लाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरयो । विपक्षी दल काग्रेसले खोक्रो राष्ट्रियताको नारा दिएता पनि ओलीको राष्ट्रवादलाई नेपाली जनताले नजिकवाट नियाल्ने सुर्वण अवसर वनिदियो । भारत भ्रमण अगावै चीन भ्रमण मा जाने वताएर भारतलाई चकित पारेको प्रधानमन्त्री ओली भारत भ्रमण लगत्तै चीन भ्रमण गरेर उच्च सम्मान का साथ देशका हितमा विभिन्न पारवहन लगायतका सन्धि सम्झौता गरेर भारतमुखी प्रवृत्ति लाई अन्त्य गरेका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण सँगै अव नेपालले चीनवाट पनि विभिन्न सरसमान ल्याउने, पेट्रोलियम पदार्थको अन्वेशण खोजका लागि नेपालमा नै शुरु गर्ने, नेपालका सरसामान पनि चिन निर्यात गर्ने, पेट्रोलियम पदार्थको भण्डारणका लागि सहयोग गर्ने, रेल सेवा सुचारु गर्ने जस्तो राष्ट्रहितका निर्णय गरेर नेपाली जनतालाई भारतको हस्तक्षेप वाट मुक्त गराउन महत्वपुर्ण भुमिका खेलेको छन् । जुन यो कालखण्डको ऐतिहासिक उपलव्धि हो ।
विगत देखि प्रचलनमा आएको राष्ट्रप्रमुखको भेटमा गरिने सम्झौता देश जनताको पक्षमा नहुने पाएपछि सम्झौतामा हस्ताक्षर नगरेका प्रधामन्त्री ओलीको त्यो नै राष्ट्रियताको पक्षमा चर्को नमुना सावित भयो । राष्ट्र र राष्ट्रियताका लागि कसैसँग पनि नझुक्ने प्रधानमन्त्री ओली भारत भ्रमणको वेलामा द्धिपक्षिय सम्झौता नगरेर देशको शिर उचो राख्ने काम गर्यो । नेपाल कसैको पनि औपनिवेश नभई सार्वभौम, स्वतन्त्र राष्ट्र हो र रहनेछ भन्ने प्रमाणित गर्यो ।
प्रधानमन्त्री ओलीको स्पष्ट राष्ट्रिय अडान, देश र जनतालाई केन्द्रभागमा राखेर गरिएका कामहरुले पोलेको नेपाली काग्रेस र विशेष गरेर भारतले जसरी हुन्छ ओली सरकारलाई ढाल्ने रणनिति अनुरुप विभिन्न तुरुप फयाक्यो । यद्यापी नेपाली जनताको अपार माया र समर्थनका कारण भारतको त्यो निति सफल हुन सकेन भने नेपाली काग्रेसको त्यो व्यवहारले काग्रेसको असली रुप सत्ता मात्र रहेछ भन्ने कुरा प्रष्ट पारिदियो । ओली सरकारले वजेट ल्याएमा ५१ सालको मनमोहको जस्तै लोकप्रिय नारा सहित वजेट ल्याउने आशय वुझेका नेपाली काग्रेस र मधेश केन्द्रित राजनैतिक दलहरु को सरकार ढाल्ने चाहनामा विर्को लगाईदियो । सत्तासिन एनेकपा माओवादीलाई ललिपप देखाएर लोभ्याउने आश देखाएका नेपाली काग्रेस प्रचण्डको अडान, जनताको आग्रह र काग्रेसका ग्रान्ड डिजाईनलाई धोती लागाई दियो । यो सँगै नेपाली काग्रेस, मधेशवादी र भारत स्तव्ध भएको छ ।
देश र जनतलाई केन्द्र विन्दुमा राखेर अगाडी वढेमा जनताका साथ र समर्थन रहने कुराका प्रधानमन्त्री ओली र राजनैतिक दलले वुझेका छन् । पटक पटक अवसर आउदैन भन्ने वुझेका ओली र नेकपा एमाले र देश का हितका लागि गरेका हरेक निर्णयलाई आम जनताले साथ दिएका छन् । साच्चै नै योजना वनाए र कार्यन्वयन गर्न खोजेमा सफल हुन सकिन्छ भन्ने अनुभुति नेपाली जनताले गरेका छन् । भारतको चर्को विस्तारवादको विरुद्ध लडेका प्रधानमन्त्री ओली आज सर्वेको मन मस्त्ष्किमा राज गर्न सफल भएका छन् । यो सँगै नेकपा एमालेको नेतृत्वमा आउने परिवर्तनमुखी वजेटले नेपाली जनतालाई थप राहत दिने कुरामा कुनै शंका छैन । चीन भ्रमणको वेलामा भएको सम्झौताको कार्यान्वयन स्वरुप पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनिया कम्पनि नेपाल आएर काम शुरु गर्नु र चीनवाट व्यापारिक ट्रेन नेपालका लागि आउनुले पनि प्रधानमन्त्री केपी शर्मा ओली जे वोल्छन्, त्यो गर्दछन भन्ने कुराको पुर्नपुष्टि भएको छ । प्रधानमन्त्री ओली नै एकमात्र राष्ट्रवादी, स्पष्ट दृष्टिकोण राख्ने प्रधानमन्त्रीका रुपमा दर्ज भएका छन् ।
dainiknepal
Loading...