Loading...
काठमाडौं, जेठ । संघीय गठबन्धनको एक घटक तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दुई साता लामो भारत भ्रमणपछि स्वदेश फर्किएका छन् । उपचारका लागि भन्दै वैशाख २३ गते दिल्ली गएका ठाकुरले राजनीतिक भेटघाट गर्नसमेत भ्याएका थिए । उनले नयाँदिल्लीको मेदान्त अस्पतालमा घुँडा र मुटुको उपचार पनि गराएका छन्
मंगलबार काठमाडौं आइपुगेका ठाकुरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विपक्षी दलका नेताहरु लगायतका राजनीतिकर्मीसँग भेट गरेको तमलोपाका सांसद् केदारनन्दन चौधरी जानकारी दिए ।
संघीय गठबन्धनको राजधानीकेन्द्रीत आन्दोलन चलिरहेका बेला दिल्लीका शासकहरुसँग उनको भेटलाई निकै महत्वका साथ हेरिएको छ ।
Loading...
Social Buttons