Latest News

रक्षाले सेनालाई सोध्यो, ‘हिरोइनको स्वागतमा जर्नेल किन ??’ नेपाली शैनिकलाई कारवाही हुने संकेत



बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतका लागि नेपाली सेनाका जर्नेल विमानस्थलमा उपस्थित भएको बारे रक्षा मन्त्रालयले सेनालाई सोधेको छ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार मिडियामा आएका खबरबाट मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै रक्षाले सेनालाई त्यसबारे सोधेको हो ।
यसअघि प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ कक्षले सोनाक्षीलाई स्वागत गर्न सेनाका जर्नेल गएको कुरामा गुनासो आएपछि कानून अनुसार कारबाही अगाडि बढाउनु भनी रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो।
सैनिक श्रीमती संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन १ जेठमा काठमाडौं आएकी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेलसहितका अधिकृतहरु त्रिभुवन विमानस्थल पुगेका थिए।
एक अभिनेत्रीको स्वागतमा सेनाको जर्नेल तहका अधिकृत जानुले सेनाको गरिमामा आँच पुगेको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ ।
-
Loading...