Latest News

बैदेशिक रोजगारीका क्रममा ठगिनु भो ? यसो गर्नुस् -सर्वेन्द्र खनाल (भिडियो सहित) !!! शेयर गरी सबै सामु पुर्याउनुहोला

काठमाडौ ।
वैदेशिक रोजगारीको शिलसिलामा विदेशी भूमिमा अलपत्र पर्नुभएको छ ? स्वदेशमा नै ठगिनु भयो ? दलालले पैसा खाएर फसायो ? वा अन्य कुनै समस्या छ भने अब चिन्ता नगर्नुहोस् । महानगरीय प्रहरी अपराध महाशाखाले रोजगारीको क्रममा विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्न र गुनासो सुन्न ११७७ नम्बरको हटलाइन र विदेशबाट समेत फोन गर्न सकिने ०१-४२६९७४१ टेलिफोन सेवा सञ्चालमा ल्याएको छ ।
स्वदेशमा ठगिने र विदेशिक रोजगारीको शिललिसामा अलपत्र पर्नेहरुको सङ्ख्या विकराल बन्दै गएपछि महाशाखाले हटलाइन सेवा सञ्चालमा ल्याएको हो । यो सेवा शुरु भएपछि यसको प्रभावकारिता शुरुमै अनुभव भैसकेको छ ।
विदेशमा अलपत्र परेर समयमा उद्दार नहुँदा ज्यान नै गुमाउनु पर्ने अवस्था सृजना भएपछि तीन महिना अघि महिनादेखि हटलाइन सेवा सञ्चालनमा ल्याएपछि वैदेशिक रोजगारीको क्रममा अलपत्र परेकाहरुले ठूलो राहत पाएका छन् । उजुरीको आधारमा प्रहरीले तत्काल प्रक्रिया अगाडि बढाउने भएकाले समयमा उद्दार हुन पाएकोमा पीडितहरु खुसी छन् । हटलाइन सेवा सञ्चालमा ल्याएपछि हाल दैनिक पाँच-सात वटा उजुरी पर्ने गरेको महानगरीय प्रहरी अपराध अहाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नेपाली हेडलाइन्सलाई बताए ।
SSP Sarbendra Khanal's message

तीन महिनाकोबीचमा महाशाखामा झण्डै एक हजार भन्दा बढी उजुरी परेका छन् । त्यस मध्ये एक सय जना भन्दा बढीको महाशाखाले उद्दार गरिसकेको छ । हटलाइन नम्बर मार्फत सम्पर्कमा आउने उजुरीको आधारमा मेनपावर कम्पनी, वैदेशिक रोजगार विभाग र सम्बन्धित देशका दुतावाससँग समन्वय गरेर बाँकी पीडितहरुलाई उद्दार गर्ने गरेको एसएसपी खनालले बताए । हाल महाशाखामा मकाउ, भारत, दुवई, साउदी कतार मलेसिया रसिया लगायतका देशबाट अलपत्र परेकाहरुले उद्दार गरिदिन भन्दै दैनिक रुपमा टेलिफोन गर्ने र उनीहरुका आफन्तले दैनिक रुपमा महाशाखामा उजुरी दिने गरेका छन् । अलपत्र पर्नेमा अधिकाशं खाडी मुलुकमा रहेको महाशाखाले बताएको छ ।
एसएसपी सर्वेन्द्र खनालः ६ महिने कार्यकाल, १ सय ३३ सफलता
रोजगारीको शिलसिलामा घरखेत बन्दकी राखेर साहुसँग ऋण काढेर वैदेशिक रोजगारीमा पुग्ने र अलपत्र पर्दा स्वदेश फर्कने नसक्ने अवस्था नभएका पीडितहरुको उद्दार गर्नको लागि महाशाखाले हटलाइन सेवा सञ्चालमा ल्याएको हो । १७ वटा मेनपावर र अवैध रुपमा सञ्चालित कन्सल्टयान्सीमाथि महाशाखाले कारवाही गरेपछि पीडितहरुले महाशाखामा उजुरीको चाङ बढेको छ । ‘अलपत्र परेका पीडितहरुको बिरामी हुँदा उपचार गर्नबाट समेत बञ्चित भएको उजुरी परेको छ, नेपालबाट एउटा कामको लागि भनेर विदेशमा अर्को काममा लगाउन पीडितहरुको सङख्या पनि ठूलो छ, एसएसपी खनालले भने, ‘विदेश जादा समेत नक्कली मेडिकल रिपोर्ट देखाएर पठाउने, यसले गर्दा झन विगोज हुने अवस्था रहेको छ ।’ अलपत्र पर्ने पुरुष भन्दा पनि महिलाको अवस्था निकै कहाली लाग्दो रहेको बताउंदै उनले विदेशमा पुगेपछि कम्पनीले पासपोर्ट राखेर नदिने र उपचार नपाएर अकालमा मृत्यवरण गर्नु पर्ने बाध्यता समेत रहेको उजुरी अलपत्र परेकाहरुले गरेका छन् ।

एसएसपी सर्वेन्द्र खनालका ११ रोचक घटना

केही महिना अघि १७ वटा मेनपार कम्पनी र कन्सलटेन्सीमाथि पीडितहरुले दिएको उजुरीको आधारमा कारवाही गरेपछि हाल नेपाल नभई श्रीलङका हुँदै वैदेशिक रोजगारीमा पठाउने क्रम बढेको छ । फ्रि टिकट फ्रि भिसा भनेपनि मेनवार कम्पनीबाट भन्दा पनि एजेण्ड मार्फत वैदेशिक रोजगारीमा सङख्या बढेको छ । ‘विदेशमा अलपत्र परेका पीडितले उद्दारको लागि आग्रह गर्दा मेनपावर कम्पनी, वैदेशिक रोजगार विभागको मिलोमतोमा समयमा नै उद्दार नभएको पाइयो’,एससएपी खनालले भने, ‘केही व्यक्तिहरु राजनीतिक संरक्षणमा पीडितलाई उद्दार गर्न वेवास्था गर्ने गरेका छन् यो परम्परा अन्त्य गर्न हटलाईन सेवा मार्फत सुविधा दिएका छौं, पीडितको उद्दारको लागि सहयोग गरेका छौं ।’
वैदेशिक रोजगारीमा अलपत्र पर्ने र जीवन रक्षा नहुने देखेपछि महाशाखाले हटलाइन सेवा सञ्चालनमा ल्याएको बताउँदै उहाँले हटलाइन नम्बरलाई निशुल्क बनाउने गृह कार्य गरिरहेको एसएसपी खनालले बताए ।
भिडियोमा हेर्नुस् सर्वेन्द्रको सन्देशः
महाशाखाले वैदेशिक रोजागरीको शिलसिलामा अलपत्र परेकाहरु र उनीहरुको परिवारले उजुरी दिएको आधारमा पहिलो प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउदै आएको महाशाखाले बताएको छ । ‘अलपत्र परेर स्वदेश फर्किएका पीडितहरुले दोस्रो जीवन पाएको भन्दै खुसी व्यक्त गर्ने गरेका छन’, खनालले थपे, ‘अलपत्र परेकाहरुलाई उद्दार गर्न सार्वजनिक स्थानमा हटलाइन नम्बरको बारेमा जानकारी दिएका छौं ।’ उनले वैदेशिक रोजगारीमा जानुपूर्व राम्रोसँग बुझुर मात्र जान सुझाव दिएका छन् । हाल चालिस लाख भन्दा बढी युवाहरु वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा रहेका छन् । दैनिक जसो नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरु विभिन्न देशमा अलपत्र पर्ने गरेका छन् ।

अवैध धन्दा गर्ने मेनपावर सञ्चालकलाई छोडिदैनः एसएसपी खनाल (पक्राउ पर्नेको सूची सहित)

बैदेशिक रोजगारी नेपालीहरुको बाध्यता हो । प्रत्येक दिन हजारौं युवा शक्ति आफ्नो श्रम बेच्न विदेशिन्छन् । स्वदेशमै आजित भएर विदेश पुग्दा पनि अधिकाँशलाई ‘बर्मा गए कर्म संगै’ भनेको जस्तै झन्झटले छोड्दैन । नेपालीहरुलाई दुःख दिने र फसाउनेमा विदेशी भन्दा बढी नेपाली नै छन् । अब्यवस्थाको नमूना नै रहेको बैदेशिक रोजगारीको क्षेत्रमा सोझा नेपालीहरुलाई ढगेर कतिपय दलालले मोज मस्ती नै गरिरहेका छन् । यही क्षेत्रमा सोझा नेपाली चुसेर मोटाइरहेकाहरुलाई तह लगाउन महानगरीय अपराध महासाखाले यो सेवा शुरु गरेको हो । यदि तपाइँलाई पनि नेपाल भित्रै वा विदेशी भूमिमा कुनै समस्या परेको छ भने ११७७ नम्बरको हटलाइन र वा०१-४२६९७४१ मा फोन गरेर सहयोग माग्न सक्नु हुन्छ । संसारको जुनसुकै कुनाबाट उजुरी दिनका लागि नेपाल प्रहरीको ecrime@nepalpolice.gov.np मा इमेलबाट समेत उजुरी गर्न सकिन्छ ।
Loading...