Latest News

एसियाका अधिकांश मुलुकमा जेठसम्मै खडेरी !!!

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाललगायत एसियाका अधिकांश मुलुकमा खडेरीको अवस्था कायमै रहने जनाएको छ।

विभागका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ । ‘आगामी जेठ १८ देखि २५ सम्म यो अवस्था अन्त्य हुने अनुमान छ,’ श्रेष्ठले मंगलबार अन्नपूर्णसित भने।


पूर्व मनसुन गत फागुन-चैतदेखि नै सुरु भए पनि प्रशान्त महासागरको नयाँ मौसमी प्रणालीले गर्दा पानी पर्ने कार्य सक्रिय हुन नसकेको उनले बताए। 

श्रेष्ठले मंगलबार पश्चिमी पहाडी क्षेत्रबाट मेघगर्जन सहित हल्का वर्षा सुरु भएको र उपत्यकालगायत पूर्वी क्षेत्रमा बुधबार सम्म सामान्य पानी पर्ने बताए।

'देशका पहाडी र उच्च क्षेत्रमा आज (मंगलबार) पानी पर्न सक्छ,' उनले भने, ‘यो क्रम भोलि (बुधबार) सम्म जारी रहने अनुमान छ।'
Loading...