Latest News

भकाभक बेहोस भएकाहरुले नाग सर्पसँग प्रेम गरे ! (हेर्नुहोस १२ घण्टाभित्रको १२ तस्बिर) !!

महोत्तरी–जंगली सर्पसँग मानिसहरुले प्रेम गर्छ, भन्दा अच्चम लाग्न सक्छ । तर, सर्लाहीको गौरीशंकर गाविसको बाँके चोकका नाग सर्प प्रेमीहरुले फलफूल जढाएर नजिकै गएर १० औंला जोड्ने गरेका छन् ।

करिब ९ फिटको विशाल जंगली नाग सर्प हेर्न पूर्व—पश्चिम रागमार्गमा पर्ने बाँके चोकस्थित जिल्ला वन कार्यालय सर्लाहीको वन रक्षक बस्ने क्वार्टरमा १९ दिनअघि विशाल नाग सर्प पसेको थियो । अहिले सर्प रक्षक बस्ने क्वार्टर बाहिर निस्केर बसेको स्थानीय टलक बहादुर मगरले बताएका छन् ।

क्वार्टरबाट सर्प बाहिर निस्केपछि सर्प संरक्षण समितिले सर्पको दर्शन गर्नमा रोक लगाएको छ । सर्पलाई मनाएर क्वार्टरभित्र ल्याउने प्रयास भइरहेको छ । मंगलबार ३ बजेदेखि सर्प बाहिर बसेको छ । हेर्नेको धेरै भीड भएपछि सर्प त्यहाँबाट बाहिर निस्केको बताइएको छ ।

जहाँ अहिले हजारौं मानिसहरुको भीड लागेको छ । ६ दिनको अवधिमा झन्डै ३८ हजार भन्दा बढि भेटी चढाइएको छ । अहिलेसम्म झन्डै २० हजार मन्छेले सर्प हरेको अनुमान गरिएको छ ।















Loading...