Latest News

डोकोमा ढुंगा बोक्दै धुर्मुस-सुन्तली, गिरान्चौरमा दोस्रो बस्ती निर्माण सुरु (फोटो फिचर) !!

काठमाडौं, २९ वैशाख । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।
भूकम्प गएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले आजबाट सुरु गरेका हुन् । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
Dharmus-Suntali (1)
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेलले बताएका छन् ।
यसअघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पीडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।
लडेको बस्ती उडाउने अभियानको नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने उनको विश्वास छ । पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।
Dharmus-Suntali (3)
आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन् ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्प पिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने देखिएको उनको भनाई छ ।
Dharmus-Suntali (13)
काम सुरु गरिसकेका छौँ तर पर्याप्त रकम छैन, अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ त्यसैले सहयोगको निकै जरुरी परिरहेको छ, उनले बताईन् । गिरान्चौर एकिकृत बस्ती मात्र हुने छैन, यो बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् ।
सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
हेर्नुस् भिडियोः
Dharmus-Suntali (2)
  
Dharmus-Suntali (4)Dharmus-Suntali (5)Dharmus-Suntali (6)Dharmus-Suntali (7)Dharmus-Suntali (8)Dharmus-Suntali (9)Dharmus-Suntali (10)Dharmus-Suntali (11)

Loading...