Latest News

आँखै अगाडि ट्रिपरले किच्यो मोटरसाइकल (फोटो)

काठमाडौं–समान दिशाबाट आएको बा.३.खं नम्बरको ट्रिपरले ठक्कर दिँदा बा.५.प. १३४८ नम्बरका मोटरसाइकल चालक घाइते भएका छन्। तिलगंगा आँखा अस्पताल नजिकैको सडकमा बिहान ११ बजे रामेछाप स्थायी घर भई गठ्ठाघर बस्दै आएका २८ बर्षीय नविन अधिकारी घाइते भएका हुन्। ठक्कटरबाट उनको एउटा खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। घाइते अधिकारीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

घटनालगत्तै फरार भएका चालक बिजेन्द्र माझीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ। 


Loading...