Latest News

काठमाडौंमा भूकम्पको धक्का

मिडिया एनपी, काठमाडौं, २९ बैशाख । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गर्दा मानिसहरु आत्तिएका छन् । बुधबार दिउँसो २ः३७ बजे गोरखालाई केन्द्र बनाएर ४.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । सो भूकम्प गत वर्षको गोरखा भूकम्पको पराकम्प रहेको पनि केन्द्रले स्पष्ट पारेको छ ।
यसअघि बुधबार बिहान ७ः४ बजे धादिङलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको थियो ।
Loading...