Latest News

सिंहदरबार पुग्नु अघी नै गठबन्धनका नेता कार्यकर्ताको धरपकड !!!

काठमाडौं, २ जेठ । प्रहरीले संघीय गठबन्धनका आधा दर्जन नेताहरूलाई काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको छ ।लाठी सहित सिंहदरबार घेर्न हिँडेका उनीहरुको साथबाट पाँच सय थान झण्डा समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा फोरम नेपालका केन्द्रीय सदस्य एवं युवा फोरमका सहइन्चार्ज विष्णुजंग बस्नेत, युवा फोरमका केन्द्रीय उपमहासचिव दुर्गाप्रसाद सुवेदी, केन्द्रीय सदस्य वीरेन्द्र बोगटी, राजेन्द्र खनाल, भीम राई र अर्जुन राई रहेको बताइएको छ ।


पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडिबाट संघीय गठबन्धनका एक सय थान झन्डा र लठ्ठी प्रहरीले नियन्त्रणमा लिएको छ । नागढुङ्गामा तराई मधेस लोकतान्त्रिक पार्टीले बारा जिल्लाबाट ल्याएका कार्यकर्तालाई नियन्त्रणमा लिएको बताईएको छ ।

Loading...