Latest News

नायिकाको स्वागत गर्न सेनाको जर्नेल विमानस्थलमा ;;;;;

काठमाडौं–त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे ।
अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो । सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुंडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकताभन्दा बढी कर्मचारी खटाएको थियो ।
सोनाक्षीलाई स्वागत गर्न सहायक रथी समीर शाही पुगेका थिए । उनी गौरचणस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन् । उनीसँगै त्यहाँ अन्य अधिकृतहरु पनि देखा परे ।
सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको ‘प्रतिष्ठा घटाउने’ र ‘मनोबल गिरोउने’ भनी टिप्पणी गरेका छन् । एक पूर्वउपरथिका अनुसार कन्सर्टमा भाग लिन आएकी भारतीय अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरुको कन्सर्टमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिृकतहरुसमेत संल्गन हुनु सैनिक ऐनको उल्लंघन हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Loading...