Loading...
नयाँ दिल्ली । मुस्लिम देशहरुमा आतंक मच्चाइरहेको इस्लामिक स्टेट (आईएस) विद्रोहीहरुले भारतको कश्मिर, बाबरी मस्जिद, गुजरात र मुजफ्फरपुरको घटनाको बदला लिने चेतावनी दिएको छ ।
२२ मिनेट लामो भिडियो जारी गर्दै आईएस विद्रोहीहरुले भारतलाई धम्की दिएको हो । अरबी भाषामा जारी गरिएको उक्त भिडियोमा आईएसमा भर्ती भएका एक भारतीय इन्जिनियर छात्रले आतंकवादी संगठन भारतको कस्मिर, बाबरी मस्जिद, गुजरात तथा मुजफ्फरपुरको बदला लिनेछ ।
सन् २०१४ मा तीन साथीहरुको साथ भारतबाट सिरिया गएका यी विद्यार्थी आईएस विद्रोहीसँग जोडिएका हुन् । आईएसआईएस स्थानीय जेहादिहरुसँग पनि हमला गर्ने उक्त भिडियोमा भनिएको छ ।
आईएसको तर्फबाट भारत तथा दक्षिण अफ्रिकामा जारी गरिएको यो पहिलो भिडियो हो । शुक्रबार जारी गरिएको उक्त भिडियोमा मुम्बईको ठानेमा रहेका ती छात्र फहर तनबीर शेखले आफू पुनः भारत फर्किने बताएको भारतको अंग्रेजी पत्रिका ‘इण्डियन एक्सप्रेस’मा खबर छापिएको छ । उनले आफू तरबार लिएर फर्किनेसमेत चेतावनी दिएका छन् ।
हामी बाबरी मस्जिद तथा कश्मिर, गुजरात तथा मुजफ्फरपुरमा भएको मुसलमानको हत्याको बदला लिनेछौं । आईएसमा भर्ती भएका गत वर्ष रक्कामा मारिएका ठानेकै आफ्नो साथी शमीम टांकीको शेखले श्रद्धाञ्जलीसमेत ब्यक्त गरेका छन् । (एजेन्सी)
Loading...
Social Buttons