Latest News

पूर्वराजा ज्ञानेन्द्र र शेर बहादुर देउवा बिरुद्द मुद्दा हाल्ने तयारी, कसले हाल्न खोज्दैछ यी दुइलाई जेल?


१ जेठ, काठमाडौं- राज्य द्वारा बेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारीले आफूहरुसँग पूर्व राजा ज्ञानेन्द्र शाह र शेरबहादुर देउवा विरुद्धको मुद्दा आफूहरुसँग सुरक्षित रहेको खुलासा गरेका छन् ।

shereराजधानीमा आयोजित युद्धकालिन मुद्दाको विषयमा भएको अन्र्तक्रियामा उनले यस्तो खुलासा गरेका हुन् । ‘म पहिलोपटक यो खुलासा गर्न गइरहेको छु’ भण्डारीले भने, ‘पूर्व राजा ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नरसंहार गरेको मुद्दा मसँग सुरक्षित छ ।’ सशस्त्र द्वन्दको बेला तत्कालीन राजा, प्रधानमन्त्री र नेताहरुको मुद्दा समेत आफूसँग सुरक्षित रहेको उनको भनाई थियो । भण्डारीका अनुसार कांग्रेस नेता खुमबबहादुर खड्का, पूर्व गृह राज्य मन्त्री देवेन्द्र कंडेल विरुद्धको मुद्दा सुरक्षित रहेको छ ।

-
Loading...