Latest News

थानकोटमा पोसाकसहितका भारतीय प्रहरी पक्राउ !! के उदेश्यको लागी प्रवेश गरे

काठमाडौं: पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गरेका छन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । 

एक भारतीय अधिकारीको सुरक्षार्थ पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ । 


भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी छिर्नेक्रममा पक्राउ परेका हुन् । 

‘भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका रहेछन् । पछि उनीहरुलाई पोसाक नलगाइकन सुरक्षार्थ खटिन निर्देशन दिएका छौं,' महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने । 

प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

Loading...