Latest News

केहि बेर अघि गएको भूकम्पले गोरखामा ३ जना घाइते- सर्वसाधारण लाइ बढ्यो त्रास !! थप क्षतीको विवरण आउन वाँकी


गोरखा, २९ वैशाख । गोरखामा बुधबार दिउँसो भूकम्प जाँदा तीन जना घाइते भएका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको ताप्ले गाविसलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ बजेर ३७ बजे भूकम्पको कडा धक्का महसुस भएपछि भाग्ने क्रममा तीन जना घाइते भएका हुन् ।

गोरखामा आज दिउँसो ४.५ रिक्टर स्केलको परकम्पन गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट सदरमुकामको शक्ति उच्च माविको कक्षा १० मा पढिरहेका खरिबोट गाविसका गणेश गुरुङको हामफाल्दा देव्रे गोडा भाँचिएको छ । भूकम्पले स्कुल भवन हल्लेपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा गुरुङ घाइते भएको शिक्षक दुर्गाभक्त घिमिरेले बताए । उनको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।

यस्तै, वल्र्ड भिजन नामक संस्थाका कर्मचारी बझाङ जिल्ला घर भएका अमित भण्डारी पनि घाइते भएका छन् । भूकम्प आएका बेला भाग्ने क्रममाः लडेका उनको दाँहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको गोरखा अस्पतालमा उपचार गरिएको छ ।

शक्ति चोकमा रहेको एभरेष्ट बैंकको सिसा झर्दा खोप्लाङ गाविसका अशोक पोखरेल घाइते भएका छन् । उनको देव्रे गोडामा चोट लागेको छ । पोखरेलको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको छ । परकम्पले गाउँगाउँका धराप घरमा पनि क्षति पुगेको बताइएको छ ।

भूकम्पले हल्लाएपछि त्रासले गर्दा विद्यालय बन्द गरिएको छ । छैटौँ घन्टीपछि आजका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई घरघरमा पठाइएको शिक्षकले बताएका छन् । बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको गत वैशाख १२ मा एक वर्ष भइसक्दा पनि परकम्प जाने क्रम नरोकिँदा मानिसमा त्रास बढ्दो छ । रासस

-
Loading...