Latest News

कति शक्तिशाली भूकम्पको कस्तो असर ??? प्रत्येकले जान्नैपर्ने !!!


२ बाट हल्का कम्पन, ७ बाट घर ढल्छन् 

काठमाडौं: आइतबार दिउँसो अफगानिस्तानको हिन्दकुश पर्वत श्रृंखलमा जमीनको २१० किलोमिटर भित्र केन्द्र बिन्दु भएको भूकम्पले पुरै दक्षिण एसिया हल्लायो ।

बस्तीभन्दा माथि हिमाली पर्वत श्रृंखलामा आएको यो भूकम्पले अफगानिस्तानमा सयौं घर भत्केका छन् । त्यसैगरि पाकिस्तानमा घर भत्किँदा दुईजनो ज्यान गएको छ ।

नेपालमा वैशाख १२ गते गएको शक्ति ७.८ म्याग्निच्यूडको भूकम्पले धरहरासहितका सम्पदा ढलेका थिए भने ८ हजार मानिसको ज्यान गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु नजिकै हुँदा शनिबार साँझ काठमाडौं उपत्यकामा ठूलो धक्का महसुस भयो । ललितपुरको भैंसेपाटी केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको यो भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्कन बाध्य भए ।

वैशाख १२ पछि लगातार परकम्प महसुस भइरहेको छ । यस्तोमा कति शक्तिशाली भूकम्पले कस्तो क्षति हुन्छ ? थाहा पाउनु जरुरी छ ।

भूकम्पविज्ञका अनुसार ७.९ म्याग्निच्यूडको भूकम्पले घरहरु सजिलै ढाल्न सक्छ । अर्कातरि २.९ म्याग्निच्यूडको भूकम्पबाट पनि सामान्य कम्पन हुन्छ । थाहा पाउनुस् कति म्याग्निच्यूडको भूकम्पले कस्तो असर गर्छ ?

१) ० देखि १.९ म्याग्निच्यूडको भूकम्प आउँदा केबल भूकम्प मापन केन्द्रबाट मात्रै थाहा पाउन सकिन्छ ।

२) २ देखि २.९ म्याग्निच्यूडको भूकम्प आउँदा सामान्य कम्पन महसुस हुन्छ ।

३) ३ देखि ३.९ म्याग्निच्यूडको भूकम्प आउँदा कुनै मालवाहक ट्रक तपाईंको नजिकैबाट गइरहँदा हुने कम्पन जस्तै महसुस हुन्छ ।

४) ४ देखि ४.९ म्याग्निच्यूडको भूकम्प आउँदा घरका झ्याल फुट्न सक्छन् । दैलोमा राखिएका शिशाका फ्रेम झर्न थाल्छन् ।

५) ५ देखि ५.९ म्याग्निच्यूडको भूकम्प आउँदा घरमा राखिएका फर्निचरहरु हल्लिन सक्छन्, हल्लिन्छन् ।

६) ६ देखि ६.९ म्याग्निच्यूडको भूकम्प आउँदा घरको जग हल्लिन सक्छ । यस्तोमा अग्ला भवनहरुमा क्षति पुग्न सक्छ ।

७) ७ देखि ७.९ म्याग्निच्यूडको भूकम्प आउँदा घर ढल्न थाल्छन् । जमीनभित्र बिछ्याइएका पाइप फुट्न थाल्छन् ।

८) ८ देखि ८.९ म्याग्निच्यूडको भूकम्प आउँदा घर र अग्ला भवनसहित ठूला पुलहरु ढल्न थाल्छन् ।

९) ९ र त्यो भन्दा माथिल्लो म्याग्निच्यूडको भूकम्प आउँदा जमीनमा रहेका सबै पूर्वाधार ढल्छन् । मानिससहित जमीनमा उभिएका जीवजन्तुले पुरै पृथ्वी हल्लिएको देख्छन् । समुद्र नजिक भएमा सुनामी आउन थाल्छ ।

भूकम्पमा म्याग्निच्यूडको हिसाबमा कुरा गर्ने हो भने हरेक म्याग्निच्यूडको असर तल्लो म्याग्निच्यूडमा १० गुणा बढी शक्तिशाली हन्छ । 
Loading...