Latest News

गुगलबाट घर बसीबसी यसरी कमाउन सकिन्छ मनग्गे पैसा !!! जानीराखौ

goo
न्टरनेटमा कत्तिको समय बिताउनुहुन्छ ? आजभोलि इन्टरनेटमा व्यस्त रहनेहरुको संख्या बढ्दो छ । कतिपयले सामाजिक सञ्जालमा समय बिताइरहेका हुन्छन् भने कतिपयले अन्य विभिन्न साइटहरु चलाउँछन् । 

तर तपाईंलाई थाहा छ ? इन्टरनेटबाट पनि पैसा कमाउन सकिन्छ नि ! इन्टरनेटबाट पैसा कमाउनकालागि धेरै तरिका छन् । आज हामी यिनै तरिकाहरु मध्ये एक उपयोगी तरिका सिकाउँदैछौं । हजुर हामी कुरा गर्दैछौं 'गुगल'बाट पैसा कमाउने तरिकाबारे । 

तपाईंले गुगलबाट घर बसी-बसी सजिलै आम्दानी गर्न सक्नुहुन्छ । 

Google Adsense संसारकै सबैभन्दा ठूलो र धेरै पैसा दिने अनलाईन एड् नेटवर्क हो । यदि तपाईंले थोरै मिहेनत गर्नुभयो भने Google Adsense मार्फत पैसा कमाउन सक्नुहुन्छ । पैसा कति कमाउने भन्ने त तपाईंको खुबी र मिहेनतमा भर पर्छ । तर यसैबाट मनग्गे आम्दानी गर्नेहरु पनि छन् । 

Google Adsense बाट पैसा कमाउनका लागि सुरुमा तपाईंले आफ्नो ब्लग वा वेबसाईट बनाउनु पर्ने हुन्छ । अझ गुगलकै फ्रि ब्लगिङ साईट Blogger को प्रयोग गर्नुभयो भने फ्रिमा नै तपाईंको ब्लग तयार हुन्छ । त्यसपछि तपाईंले त्यस ब्लगमा पाठक तान्नका लागि तपाईंका आफ्ना रचना तथा अन्य रोचक र जानकारीमुलक कुराहरु राख्न सक्नुहुन्छ । 

त्यसपछि तपाईंले Google Adsense अकाउन्ट खोलेर विज्ञापनका लागि अप्लाई गर्नुहोस् । गुगलले तपाईंको ब्लग र तपाईंले राखेका कन्टेन्टरहरु रिभ्यू गर्छ र तपाईंलाई विज्ञापनको कोड उपलब्ध गराउँछ । यसरी गुगलले उपलब्ध गराउने कोडलाई तपाईंले आफ्नो ब्लगमा राख्नुपर्छ । जब तपाईंको ब्लगमा यस्ता विज्ञापनहरु क्लिक हुन थाल्छन् तपाईंको कमाइ सुरु हुन्छ । जति धेरै भिजिटर ल्याउन सक्नुहुन्छ त्यति नै धेरै कमाइ हुने सम्भावना हुन्छ । 

महिनामा निश्चित दिन गुगलले तपाईंको महिनाभरीको कमाइ पठाउँछ । यसरी प्राप्त हुने पैसा लिनका लागि तपाईंले Bank Account अथवा गुगल चेकको प्रयोग गर्न सक्नुहुन्छ । 

१०० डलर कमाएपछि पाउनुहुन्छ पैसा: 

यसरी पैसा दिने कुरामा गुगलको एउटा सर्त हुन्छ । तपाईंले गुगलबाट पैसा लिनका लागि आफ्नो Adsense अकाउन्टमा १०० डलर आम्दानी गर्नुपर्ने हुन्छ । तर, गुगलले तपाईंलाई पैसा तपाईंको व्यक्तिगत खातामा ट्रान्सफर गरिदिन्छ । तपाईंले एक महिनामा नै १०० डलरभन्दा बढी कमाउनुभयो भने त सिधै सोही महिना पैसा प्राप्त हुन्छ । यदि महिनामा १०० डलर पुगेन भने १०० डलर पुगेपछि अर्को महिना पैसा पाउनुहुन्छ । दैनिक हुने कमाइ तपाईंको Google Adsense अकाउन्टमा जम्मा भएर बस्छ
Loading...