Latest News

पाल्पामा खतरनाक एन्थ्रेक्स रोग भेटियो यसरी सर्तक रहन सबैलाई आग्रह !!!

रामपुर (पाल्पा) । जिल्लाको गल्धा गाविसमा मानिसमा सर्ने एन्थ्रेक्स तथा पड्के रोगको सङ्क्रमणले भैँसी मर्न थालेपछि किसान चिन्तामा छन् । 

Anthrax-Disease
एन्थ्रेक्सको सङ्क्रमणले यहाँ तीनवटा भैँसी मरेका छन् । गत माघ महिनामा यस क्षेत्रमा एन्थ्रेक्स रोगको महामारी फैलिएको थियो । महामारीपछि जिल्ला पशु सेवा कार्यालयले एन्थ्रेक्स विरुद्धको खोप दिएपनि पुनः रोग देखापरेको किसानले बताएका छन् । 

एन्थे्रक्स रोग लाग्दा नाकमुखबाट रगत बग्ने, दिसा गर्ने ठाउँबाट रगत बग्ने, पेट फुल्नेजस्ता लक्षण देखापर्ने पशुस्वास्थ्य प्राविधिकको भनाइ छ । यस क्षेत्रमा एक वर्षको अवधिमा ३५ वटा पशु एन्थ्रेक्स रोगबाट मरेका जिल्ला पशु सेवा कार्यालयको पशुचिकित्सक डाक्टर उत्तम आचार्यले जानकारी दिनुभयो । 

एन्थ्रेक्स विरुद्धको खोप एकपटक लगाएपछि एक वर्षसम्म काम गर्ने भए पनि तीन महिनाको अवधिमा पुनः रोग देखापरेको हो । रोग परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँ र पशु सेवा विभागसँग जिल्ला पशु सेवा कार्यालयले समन्वय गरेर प्राविधिक परिचालन गरिएको छ । रासस 
Loading...