Latest News

ट्रकलाई जोगाउन एक्कासी मोड्दा बस खोलामा खस्यो, २३ को मृत्यु

14

आइतबार, २८ चैत

एजेन्सी । दक्षिणी पेरुको ग्रामीण इलाकामा अवस्थित राजमार्गमा शुक्रबार बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको छ ।

विपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल खोलामा खसेको स्थानीय प्रहरी कमान्डर जर्ज पास्टरले बताए ।

उनका अनुसार दुर्घटनामा २३ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन ।

पुएल्टोबाट मोल्डानोबाट कुस्कोतर्फ हिँडेको बसमा पेरुमो राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न हिँडेका मतदाता रेहको प्रहरीले जनाएको छ

पेरुमा कमजोर सडक संरचनाका कारण हजारौँ मानिसले ज्यान गुमाउने गर्दछन् ।

सन् २०१४ मा पेरुमा करिब दुई हजार ८०० मानिसले ज्यान गुमाएको तथ्याङ्क छ ।

nepalsandesh
Loading...