Latest News

दुखद खबर ;;;विवाहकै दिन श्रीमतीको हत्या, कारण चाँहि यस्तो अनौठो...



पाकिस्तानको जकोबबादमा यस्तो घटना घटेको जसको तपाई कल्पना सम्म गर्न सक्नुहुन्न । एक
युवाले आफ्नो १९ बर्षीय श्रीमतीलाई विवाह गरेकै दिनमा हत्या गरेका छन् । आखिर उनले के
कारणले आफ्नो श्रीमतीको हत्या गरिन् भन्ने कारण थाहा पाउनुभयो भने अझ तपाई अचम्ममा
पर्नुहुन्छ । किन भन् उक्त युवाले आफुले बिहे गरेकी युवति विवाह अगाडीनै अरुसँग यौन सम्बन्ध
बनाएको भन्दै हत्या गरेका हुन् ।

अपराधी २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी
लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ । विचरी ती किशोरीले
भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको
छ । धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर
ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी
छोरीको घरमा पुगे । त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीले घरकेा
ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार
भैसकेको थियो ।

खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको
हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः
फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो ।
प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको
शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ । आखिर
घटना कसरी भएको रहेछ हेर्नुहोस् भिडियो ।
Loading...