Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

ठमेलमा अचानक किन हान्यो प्रहरीले छापा रु खुल्यो राति रातिको पोल यस्तो पो रहेछ ब्यापार !!

काठमाडौं, १९ चैत । राजधानीको पर्यटकीय नगरी ठमेलमा प्रहरीले अचानक छापा मारेपछि व्यवसायीहरु त्रसित बनेका छन् । 

अवैध धन्दा सञ्चालन हुने गरेको सूचना आएपछि छापा हानेको प्रहरीको दाबी छ । बुधबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले क्षेत्रपाटी भोजनालयमा छापा हानेर वेश्यावृतिमा लागेका ७ जनालाई रंगेहात पक्राउ गरेको थियो । 

सोह्रखुट्टे वृत्तका इन्चार्ज डीएसपी सोमेन्द्रसिह राठौरले वेश्यावृत्ति भइरहेको सूचना पाएर छापा हानेको जानकारी दिँदै भन्नुभयो– 'बाहिर भोजनालय, भित्र त कोठी रहेछ । दुई वटा कोठामा आपत्तिजनक अवस्था रंगेहात फेला पा¥यौं । त्यहाँ कण्डम पनि भेटियो । अब कानुन अनुसार मुद्दा चलाउँछौं ।' 

अहिले मात्रै किन छापा हान्नुभयो भन्ने प्रश्नमा डीएसपी राठौरले भन्नुभयो– 'म यहाँ आएको १२ दिन मात्रै भयो । यहाँको गलत कामलाई बन्द गर्ने मेरो अभियान हो । ठमेललाई मर्यादित बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।' 

उहाँले अवैध धन्दाको सूचना पाएसम्म कसैलाई नछाडिने बताउनुभयो । 'अरुले के गरे मलाई थाहा छैन तर, अबको एक महिनाभित्र ठमेललाई मर्यादित बनाउने मेरो मिशन हुनेछ' उहाँको भनाइ थियो । 

डिएसपी राठौरले ठमेलमा अवैधरुपमा सञ्चालित यौनधन्दाका साथै स्पा, मसाज सेन्टर, डान्स र डिस्कोमा छापा मारेको बताउनुभयो । पर्यटकीय नगरी ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागूऔषध कारोबारीको संख्या उल्लेखनीय रहेको, सडकमै बसेर रातको समयमा नाङ्लो पसललेहरुले थोरै परिणाममा लागूऔषध बेच्ने गरेको पाइएपछि छापा मारिएको उहाँको भनाइ थियो । 

उहाँले ठमेलका मसाज सेन्टरमा विशेष निगरानी राखिएको भन्दै आचारसंहिता अनुसार व्यवसाय गर्न रात्री व्यवसायीसँग छलफल गरेको र आचारसंहिता पालना नगरे बन्द गर्नुस् भनेको बताउनुभयो । 
Loading...