Latest News

संसारकै विचित्रको ठाउँ – जहाँ मृत्युपछि दाहसंस्कार नगरी लाशलाई घरमा राखिन्छ नपत्याए;; हेर्नुस फाेटाेफिचर

मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिएको अन्तराष्ट्रिय संथाहरुले उल्लेख गरेका छन् । 

इन्डोनेशियाको दक्षिण सुलावेसीको पहाडमा रहने मानिसहरुले आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि पनि दाहसंस्कार नगरी शवलाई आँफैसँग सम्हालेर राख्छन् । 

संसारभरकै प्रचलनलाई चुनौँतीदिँदै तोरजा समाजले मृत्यु पछि पनि लाशलाई लाश नमानेर घरमा नै सजाएर राख्ख्दै आएका छन् । यो समुदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन् । 

त्यति मात्रै होइन उनीहरुले सुरक्षीत राखेका लाशहरुलाई दैनिक विहानै नुवाइदिन्छन् । मृतकको शरीरलाई सुरक्षीत राख्नका लागी फर्मल्डिहाइड र पानीको मिश्रण बनाएर नियमित रूपमा शरीरमा लगाइदिने प्रचलन छ । 

उनीहरु भन्छन् लाशसँग कत्तिपनि डर लाग्दैन तर डर भन्दा धेरै माया लाग्छ । यो समाजमा करिब ५ लाख मृत शरीर छन् जसलाई तोरजा समाजका मानिसले अझै सुरक्षीत राखीरहेका छन् । 













Loading...