Latest News

चीनले दियो भारतलाई ठूलै धक्का संयुक्त राष्ट«सघमा भारतको मुद्धालाई असफल पारिदियो !!!

jaish mohammadएजेन्सी– चीनले संयुक्त राष्टन्संघमा भारतको मुद्धालाई नराम्ररी असफल पारिदिएको छ ।
भारतले अघि सारेको आतंकवादसम्बन्धी मुद्धा चीनले असफल पारेको हो । भारतले राष्ट्रसंघमा पञ्जावमा हमलाको मुद्दालाई उठाउँदै जैस– ए– मोहम्मद संगठनका प्रमुख मौलाना मसुद अजहरमाथि प्रतिबन्धको माग गरेको थियो । अजहर कटुटरपन्थी अलकायदाका सेक्सन कमिटीमा रहेको मानिन्छ ।

राष्ट्र संघमा १५ मध्ये १४ देश अजहरमाथि प्रतिबन्ध लगाउने भारतीय प्रस्तावको पक्षमा थिए । राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन एक हो । चीनले भिटो प्रयोग गरेपछि भारतीय प्रस्ताव असफल भएको हो ।

चीनको असहमतिका कारण भारतको पक्षमा निर्णय हुन नसकेको समाचारहरु आएका छन् । भारतीय सञ्चार माध्यमले चीनका कारण आतंकवादविरोधी प्रस्ताव विफल भएको भन्दै कडा आलोचना गरेका छन् । 
Loading...