Loading...
पोखरा, ५ वैशाख । पोखरामा समाधि बसेका सिद्धबाबा शुक्रबार निस्किएको समाचार राष्ट्रियस्तरका पत्रपत्रिका र सञ्चारमाध्यमले खुबै महत्वदिएर समाचार प्रकाशन र प्रसारण गरे । तर त्यसको सत्यताका विषयमा कसैले जान्ने प्रयास गरेन ।
नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, क्षेत्रीय प्रशासकलगायत प्रहरी प्रशासनका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा विज्ञानलाई चुनौति दिँदै भन्दै ९ दिनसम्म एउटा घरको दोश्रो तल्लामा ती व्यक्ति समाधि बसे ।
एउटा काठको बाकसमा प्लाष्टिकले बेरिएको ठाउँमा बसेका सिद्धबाबा श्री बैष्णव कृष्णदासजी महाराजको समाधिमा बस्ने बेलामा निधारमा लगाइएको टीका निस्कने बेला भने खाली थियो । यी बाबाले किन समाधिबाट निस्कने बेला किन निधारको टीका हटाए ? यो प्रश्न चौतर्फी चर्चाको विषय बनेको छ ।
समाधिमा बसेको मान्छेको शरीरमा रहेका कुनै पनि बस्तु जस्तोको त्यस्तै हुनुपर्ने हो । तर टीका निधारमा भेटिएन । यतिसम्मकी एक जना चिकित्सकले चमत्कार भनेर हतारमा टिप्पणी गरिहाले । उनलाई के थाहा हरेक विषयको वैज्ञानिक परीक्षण नहुँदासम्म त्यसलाई पुष्टि गर्नु हुँदैन ।
यी स्वघोषित सिद्धबाबाबाको परीक्षण कहिले र कहाँ गर्ने हो ? धर्मको नाममा जे पनि गर्न पाइन्छ ? घरको कोठाभित्र के को समाधि ? समाधि बस्ने नै हो भने खुलाचौरमा बस्नुपर्छ ।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ । के समाधि बसिरहेकै बेला बाबाले निधारको टीका पुछे ? समाधिमा बसेको मानिसले किन पुछ्यो निधारको टीका ? कसरी पुछियो निधारको टीका ? यी र यस्ता प्रश्नले बाबाको समाधिमा गम्भीर प्रश्न चिन्ह उठाएको छ । नौ दिनसम्म समाधि बसेको मासिनको शरीर थकित र अनुहारमा कुनै चमकदमक नहुनु पर्ने हो तर यी स्वघोषित सिद्धबाबाको त्यस्तो कुनै लक्षण देखिएन ।
फेरि बाहिर बसेका भक्तजनहरूलाई दर्शन दिन बाहिर निस्कदा चिटिक्क परेको निधारमा टीका थियो । यो पनि एउटा विश्लेषणको विषय बनेको छ । साथै बाबाका समर्थकहरूले उनको शरीर भरि पसिना भएको बताएका छन् । (भिडियो समाचारपाटी डटकमबाट साभार)
Loading...
Social Buttons