Loading...
झापा, ५ बैशाख । एकल महिलाका लागि जिबन कति कष्टपुर्ण हुने गर्दछ । एक्लो जिवनका पिडाहरु आफ्ना सन्तान ले बुझिदिन सक्ने संभावना त बिरलै पाइन्छ । यस्तै यउटा उदाहरण भएको छ झापाको बिर्तामोडमा । बिर्तामोड नगरपालीका ७ निवासी ३७ बर्षीया अम्बिका शिवाकोटीले आफ्ना बाबुको मृत्यु भएको ५ बर्ष पछि आफ्नी आमाले फेसबुक मार्फत मन पराएको केटालाई आफ्नो बाबाको रुपमा स्वीकार गरेकी छन् । ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले बिगत १ बर्षदेखी आँफुले मन पराउदै आएको भारतका राहुल खटवानीसँग बिवाह गर्न पाउदा अत्यन्तै खुसी भएकी छन् । आफुहरुको प्रेम सम्बन्ध थाह पाएपछि उनकि १८ बर्षिया छोरीले आमाको प्रेम सफल गराउन तिर लागिन र सफल पनि भइन् ।
सामाजिक संञ्जाल फेसबुक मार्फत निकटमा पुगेका प्रेम जोडिको सपना अन्तत पुरा भयो । यहि खबर लाई लिएर बिभिन्न अनलाइनका माध्यमबाट बिशेसताका साथ जोड दिएर प्रचारमा आइरहेको छ । जुन भाइरलको बिषय नै बन्न पुगेको छ । नेपाली समाजले स्वीकार्न त टाढैको कुरा सोचमा पनि ल्याउन चाँहदैन एकल महिलाको दाश्रो बिहेको बारेमा तर यहाँ त आफ्नै छोरीले यस्तो कार्यमा सघाउ पूर्याएको खबरले छोरीको साहसीक कदम उठाएको भन्दै उनको सहयोग र समर्थनलाई धेरैले खुला हृदयले प्रशंसा गरेका छन् ।
विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग बिवाह गरेकी उनले एउटा बिभत्स दुर्घटनामा आफ्ना पतिलाई गुमाउनु परेको थियो । २०५३ सालदेखी एकल जिवन ब्यतित गर्दै आएकी अम्बिकाको ओठमा फेरी मुस्कान छाएको छ छोरी अप्सनाका कारणले । आमाको नजरमा छोरीको कदम प्रसंसनीय छ, जुन कदमले समावलाई नयाँ परिवर्तन को दिर्शातर्फ डोर्याउन टेवा पुग्छ ।
Loading...
Social Buttons