Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

१२ बर्ष सम्म साउदि अरबमा खुन पसिना बगाएर कमाएको पैसा कुम्ल्याएर श्रीमती अर्कै नाठो संग कुलेलाम ठोके पछी !!!


रकाश पाक्साँवा/तेह्रथुम – मनभरी सपना बुुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ । तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला श्रमिानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कै सँग भागे पछि उनको सपना चकनाचुर भएको हो ।

रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानकाे माया मारेर कमाएकाे कराेडाै रकम श्रीमतीले कुम्ल्याएर अर्कैसंग फरार भएपछि उनकाे सपना चकनाचुर भएकाे हाे । उनकी श्रीमती सिन्धुलीका दिपक भुजेल सँगै भागेको पिडित दोर्णले बताए ।

तेह्रथुमउनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपक सँग भागेको छोरालाई उनी हराएको केही दिनमा फोन गरेर भनेकाे पिडित दार्णले बताए ।

घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भाली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन । २ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन ।

सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन । पुर्बेलीन्युज समाचार छ | 
Loading...