Latest News

आठ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि गुरु जिवितै, हर्न हजारौंको भीड !!!

पोखरा, ३ वैशाख । पोखराको रामघाटस्थित नरनारायण स्थानमा अक्सिजनबिना नै समाधि बसेका सिद्धबाबा कृष्णदास ९ दिनपछि जिवितै ब्युँझेका छन् ।
अक्सिजन नछिर्ने गरी प्लास्टिकले बाहिरबाट बन्द गरी माटोले पुरिएको काठको बाकसभित्र गत चैत २६ गते समाधि बसेका बाबालाई ९ दिनपछि शुक्रबार बाकसबाट सकुशल निकालिएको हो ।
अक्सिजनविना ९ दिनसम्म समाधि बसेर जिवितै निस्किएपछि त्यहाँ उपस्थित चिकित्सकहरु आश्चर्य चकित परेका छन् । उनीहरुकै अगाडि बाबा बन्द बाकसभित्र समाधि बसेका थिए ।
९ दिनपछि जिउँदै निस्कएका बाबालाई हेर्न पोखरामा हजारौको घुइँचो लागेको छ ।
योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने बताएका बाबाले समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उल्लेख गरेका थिए । जून प्रमाणित गरेर देखाएका छन् ।
त्यहाँ उपस्थित चिकित्सकहरूले ९ दिनपछि बाबा जीवितै बाहिर आउनुलाई चमत्कार भनेका छन् ।
Loading...