Latest News

श्रीमानको हत्या गराएर यी महिलाले श्रीमानको मासु कुकुरलाई खुवाइन !!!

Swetlana-spainएजेन्सी । भनिन्छ रिसाएका बेला मानिस आफ्नो होस नै गुमाउँछ, तर एक महिलाले आफ्नो श्रीमानसँग यस्तो काम गरेकी छिन् जसको बारेमा कसैले सपनामा पनि सोच्न सक्दैन् ।

यी महिलाले आफ्नै श्रीमानको हत्या गराएर उनको मासु घरको पाल्तु कुकुरलाई खुवाएकी छिन् । यो सनसनीपूर्ण घटना स्पेनको मेजार्का आइल्याण्डको हो ।

आफ्नै श्रीमान हत्या गराएर कुकुरलाई खुवाउने ४६ वर्षीया महिला स्वेतलाना बुतकोवालाई प्रहरीले गिरफ्तार गरेको छ । उनी रुसमा बस्दै आएकी थिइन् । ६६ वर्षीय श्रीमान हैन्स हेन्कल्सको हत्या मामिलामा स्वेतलानालाई अदालतमा पेस गरिएको छ । यो जोडी काला मिलर इलाकामा एक रिजार्टमा बस्दथे । हैन्सको हत्याका लागि स्वेतलानाले ३८ लाख रुपैयाँको सुपारी दिएकी थिइन् ।

स्वेतलाना रुसको तेस्रो ठूलो सहर नोवोसिबिरिस्कमा बस्ने महिला हुन् । रिपोर्ट अनुसार स्वेतलानाले हैन्सको हत्यापछि उनको मासुलाई पाल्तु कुकुरलाई खुवाएकी छिन् । आफ्नो फेसबुक पेजमा उनी धेरै फोटोमा आफ्नो पाल्तु बुल टेरियर नामको कुकुरसँग देखिन्थिन ।

समाचार अनुसार हत्या हुनु अगाडि यो जोडीबीच झगडा भएको थियो । यो जोडीले दुई वर्ष सँगै बसिसकेपछि यसैवर्षको जनवरीमा विहे गरेका थिए । 
Loading...