Latest News

भर्खरै फेरी ६.९ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस


कैलाली, २४ चैत । कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको नारायणपुर गाविसको बेलुवा गाउँका विश्राम चौधरी रहेका छन् । टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिक रहेको उनको पसलबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । 

पक्राउ परेका चौधरीलाई प्रहरीले टीकापुर घटनामा कर्तव्य ज्यान, डाका चोरीलगायतका अभियोग लगाइएको छ । 
Loading...