Loading...
कैलाली, २४ चैत । गत मंसिरमा कैलालीको चौमालामा हत्या गरि फालिएका बालकको हत्यारा पत्ता लगाउन कैलाली प्रहरी "असफल" भएको छ । चौमाला ३ चौमाला बजारका जनकराज जोशीका ९ वर्षीय छोरा तिलक जोशीको मंसिर २७ गते हत्या गरि बजार नजिकै खाल्डोमा पुरिएको थियो ।
साँझ अबेरसम्म छोरो घर नफर्किएपछि जोशी परिवारले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले खोजतलासमा खासै चाँसो नदेखाएपछि स्थानीयहरुको सक्रियतामा खोज्दै जाँदा स्थानीय धना रावतको घरपछाडी खाल्डोमा पुरेको अवस्थामा बालकको शव भेटिएपछि आतंकित भएको चौमाला क्षेत्र अझै शान्त भएको छैन । बालकको हत्यारालाई खोजी गर्नुपर्ने र कार्वाहीको माग राख्दै स्थानीय बासिन्दालाई बारम्बार आग्रह गर्दा प्रहरी प्र्रशासनले सुनुवाई नगरेको स्थानीयको आरोप छ । प्रहरीको 'खोजी कार्य भइरहेको छ' भन्ने बनावटी जवाफ बाहेक हामीले केही पाएका छैनौं हत्या गरिएका बालकका बुवा जनकराजले गुनासो गर्नुभयो ।
बालक हत्याको विरोधमा सो क्षेत्रका नीजि तथा सरकारी विद्यालय बन्द गर्नुका साथै राजमार्ग समेत बन्द गरेर हत्यारालाई पत्ता लगाउन माग गरेका थिए । तर, स्थानीय बासिन्दाहरुको मागप्रति जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट गम्भीर देखिनुभएको छैन् । अभिभावक तथा स्थानीयहरुलाई पनि प्रहरी उपरिक्षक विष्टले चित्तबुझ्दो जवाफ नदिएका कारण स्थानीयहरु पनि आक्रोशित भएका छन् । जहिले भेट्न आएपनि 'हत्यामा संलग्नको खोजी भइरहेको छ' भन्ने मात्र जवाफ पाईन्छ जोशीले भन्नुभयो । हत्यारा पत्ता नलाग्दासम्म छोराको शव नबुझ्ने अडान लिएपछि प्रहरीले पाँच दिन भित्रमा हत्यारा पत्ता लगाउने बचन दिएपछि परिवारले शव बुझेका थियो तर, चार महिना वितिसक्दा पनि हत्यारा पत्ता नलगाउँदा स्थानीयहरु निकै आक्रोशित भएका छन् ।
गत सातामात्र प्रहरी उपरिक्षक र प्रमुख जिल्ला अधिकारीलाई स्थानीय बासिन्दाहरुले भेटेर हत्यारा पत्ता लगाउन दबाब दिएका थिए । स्थानीयहरुलाई बैशाखसम्म हत्यारा पत्ता लगाउने आश्वासन प्रहरीले दिएको छ । अहिलेसम्मको प्रहरीको काम कार्वाही हेर्दा बैशाखमा हत्यार पत्ता लगाउन कुरामा आफूहरु विश्वस्त नभएको बालकका बुवा जनकराजले गुनासो गर्नुभयो ।
बालकको एकाएक भएको हत्यापछि आतंकित बनेका चौमाला अझै सामान्य हुनसकेको छैन, स्थानीय गणेश साउँदले बताउनुभयो । सो क्षेत्रका अभिभावकहरु आफ्ना छोराछोरीलाई बाहिर पठाउन सक्ने अवस्थामा नरहेको उहाँको भनाई छ । काम विशेषले घरबाहिर पठाउनु परेपनि घर नफर्किदासम्म चिन्ता लाग्ने अर्का स्थानीय बासिन्दा सागर थापाले बताउनुभयो । चार महिनासम्म हत्यारा पत्ता लगाउन उदाशीन भएको प्रहरीप्रति विश्वास घट्दै जान थालेको छ । चार महिनासम्म केही सुईकोसम्म पत्ता लगाउन नसक्न प्रहरीले हाम्रो सुरक्षा के गर्ला ? स्थानीय कविराज जोशीले प्रश्न गर्नुभयो । गाउँलेहरुमा त्रास नहटेकाले सुरक्षाको अनुभूति दिलाउन माग गर्दै गतसाता धनगढी पुगेका स्थानीयले प्रहरीको उच्च अनुसन्धान टोली खटाएर भएपनि काम होस भन्ने माग पनि राखेका थिए ।
कैलालीका प्रहरी प्रमुख राजेन्द्र विष्ट एसएसपीसँग
बालक हत्यामा संलग्नलाई पक्राउ नगरेपछि अर्को घटना दोहोरिने होकी भन्ने चिन्तामा स्थानीय अभिभावकहरु रहेका छन् । आफ्ना छोराछोरीलाई स्कुल पठाउन पनि चिन्ता लाग्छ कविराजले भन्नुभयो । यस्तै अरु घटना नदोहोरिउन भनेर सुरक्षा निकायको ध्यानाकर्षण गर्न गतसाता स्थानीय बासिन्दाहरु डेलिगेशन लिएर सदरमुकाम पुगेका थिए ।
सो घटनापछि स्थानीय अभिभावकहरु आफ्ना नानीहरुलाई विद्यालयमा ल्याउन र पुर्याउन आफै जाने गरेको चौमाला बजार ब्यवस्थापन समितिका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । बालक जोशीको हत्या भएको खबर पाएपछि उनका सहपाठीहरुमा मानसिक त्रास देखिएको छ । कहिलेकाँही सो घटनाको बारेमा कुरा उठेमा विद्यार्थी आतंकित हुने मोहन्याल बोर्डिंग स्कुलका शिक्षक शेरबहादुर विष्टले बताउनुभयो ।
ठूला घटनामा संलग्न भएका ब्यक्तिलाई पक्राउ गर्न सफल भएको नेपाल प्रहरीले चाहेमा यो घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गर्न सक्छ तर जिल्लाको नेतृत्व कमजोर भएकाले यसले प्राथमिकता नपाएको आरोप पनि स्थानीयको छ । प्रहरी उपरीक्षक राजेन्द्र विष्टले यसलाई गम्भीरताका साथ नलिए नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गर्ने स्थानीयको भनाई छ । नेपाल प्रहरीका प्रहरी माहानिरीक्षक
Loading...
Social Buttons