Latest News

देउवाको दिल्ली डिजाइनः नेपालमा ढाँट्दै दिल्लीमा चलिरहेको दौड !!!

deuba & modiकाठमाडौं । हेडलाइन्स विश्लेषण ।

श्रीमतीको ‘हिप ज्वाइन्ट रिप्लेसमेन्ट’को सर्जरीका लागि चार दिनका लागि भनेर दिल्ली गएका कांग्रेस सभापतिको दौड उपचारमा मात्र सीमित भइरहेको छैन । चार दिनलाई भनेर दिल्ली गएका देउवाको बसाई ७ दिन पुगिसकेको छ । तर, उनी अझै तीन दिन दिल्ली बसेर बुधबारमात्र फर्कने योजनामा छन् । राजनीतिक स्थायित्वनपछिको ढुक्क अवस्था जसरी यतिखेर देउवा दिल्लीमा सुस्ताउने र भेटघाट गर्नमा व्यस्त छन् ।

ढाँट्दै भारतीय नेता भेट्दै
देउवाले भारत जानु अघि नै श्रीमतीको उपचारको लागि गएको बताएका थिए । उनी पक्षीय नेताहहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्काले देउवाले कुनै राजनीतिक भेटघाट नै नगर्ने जिकिर गरेका थिए । तर, दिल्लीमा देउवा थामिएनन् । भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका देउवाले विदेशमन्त्री शुष्मा स्वराजलाई त औपचारिक रुपमा भेट गरे । तर, यीभन्दा अरु भेटघाट देउवाको महत्वपूर्ण रहन गयो । देउवाले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई भेट्न खोजिरहेका छन् ।

Sher Bdr in Delhi

तर, रअका प्रमुख राजिन्दर खन्नासँग भेटेको विषयलाई निक्कै महत्वका साथ हेरिएको छ । किनकी रअ नेपालका राजनीतिक घटनाक्रमलाई धेरै नै नजिकबाट नियालिरहेको छ । भारतीयको स्वार्थका खातिर उसले नेपालमाथि बेलाबेलामा ठूलै कुटनीतिक अस्त पनि प्रयोग गर्छ । नेपाली राजनीतिक उतारचढावमा सधैं भूमिका खोज्ने दिल्लीलाई जुन सरकार संस्थापन भए पनि गुप्तचर संस्थाले रअले धेरै नजिकबाट सहयोग गर्छ । ‘देउवाजीले सुष्मा स्वराजलाई भेटेका हुन् । अमित शाहलाई भेट्ने तयारी गरिहेका छन् साथै, रअ प्रमुखलाई पनि भेटेको बुझेका छौं’कांग्रेसका एक नेताको कथन छ, ‘वेटिङ प्रधानमन्त्रीका रुपमा हेरिएका देउवाको यो भेट र भ्रमण कम्ता महत्वको छैन ।’

थप समय बस्दै रणनीति बनाउँदै
हुन पनि चार दिनलाई भनेर दिल्ली गएका देउवा श्रीमतीको अपरेसनपछि थप दिल्ली बसिरहेका छन् । श्रीमतीको उपचारको बहानामा दिल्ली रहँदा देउवाले आफ्नो नाकभित्र रहेको हड्डी सोझ्याउने सामान्य उपचार पनि गरेका छन् । तर, जानकारहरुको भनाईमा यो धेरै महत्वको भारतमा गर्नुपर्ने उपचार होइन । नेपालकै अस्पतालमा पनि हुन सक्ने हो ।

Sher Bdr in Delhi 2



तर, यसका पछाडि अब निकट भविष्यमै हुने प्रधानमन्त्रीका लागि देउवाले तयारी गरेको चर्चा कांग्रेस भित्रै छ । ‘कसैले माने पनि नमाने पनि अब सरकार परिवर्तन हुँदा देउवाजी स्वतः प्रधानमन्त्रीको दाबेदार हो’ देउवा निकट स्रोत भन्छ, ‘उहाँले भारतमा गएर प्रधानमन्त्री मलाई बनाइदेउ नै भन्नै पर्दैन । किनकी उहाँ सबैभन्दा ठूलो दलको सबैभन्दा ठूलो नेता हो । सरकार परिवर्तन हुँदा उहाँ स्वतः प्रधानमन्त्रीको उम्मेदवार हो ।’ यस्तो बेला भारत जाँदा पुराना केही असमझदारी भने हट्ने ती नेता बताउँछन् । ‘देउवालाई भारतले प्रधानमन्त्री बनाउछु नै भन्ने होइन’ ती नेताको कथन छ, ‘मधेस आन्दोलनपछि कम्तिमा असझदारी हट्दै गएको विषयमा सौहार्द वातावरण बनाउन यो भ्रमणले काम गर्ने भने सही हो ।’

प्रचण्डले भावुक हुँदै भने–पूनर्निर्माण गर्न सक्छौं कि सक्दैनौं ?

मोदी चीनसँग झुकेको भन्दै ट्वीटरमा एक नम्बर ट्रेण्डिङ

देउवाले भारत जानु अघि नै यसको तयारी भने गरिसकेका थिए । काठमाडौंबाट टाढा रहेको बुढानिलकण्ठको आफ्नै बंगलामा देउवाले दिल्ली जानु अघिल्लो दिन असन्तुष्ट मधेसकेन्द्रित दलका सबै प्रमुखलाई बोलाएर अब मधेसलाई मिलाएर लान अगाडि आउँने संकेत दिएका थिए । देउवाले आफ्नो यो क्रियाशीलताबारे दिल्लीमा समेत अनेक स्रोतबाट कुरा पुर्याइसकेका छन् ।

संविधान बन्नु अगाडिसम्म देउवा मधेसीका विषयमा कटु टिप्पणी गर्थे । मधेसीलाई एउटा रौं जति अधिकार दिन्न भनेको पनि बाहिर आएकै हो । तर, सुशील कोइराला बितेपछि उनी जब सभापति भए, संसदीइ दलको नेतामा चुनिए तब देउवा सबैको नेता हुँदै पावरका पुग्ने सोचिरहेका छन् । त्यसले उनले मधेसको समस्या समाधान नभई संविधान कार्यान्वयनमा जटिलता आउनेजस्ता कुरा बताइसकेका छन् ।

हिन्दु अतिवादीलाई भेट्दा अर्को तरंग
कांग्रेसले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयलाई स्वीकारिसकेको छ । दुईदुईवटा संविधानसभा निर्वाचनमा पनि यिनै मुद्दालाई आधार मान्दै कांग्रेसले भोट मागेको थियो । तर, अलिहे आएर कांग्रेसले हिन्दु राष्ट्रको माग गर्दै भएका अभियानलाई भने मौन सहमति दिएको छ । कतिपय यही पार्टीका नेताहरुसमेत पुनः हिन्दु राज्य नेपाल बनाउनुपर्ने भन्दै अभियानमा छन् । भारतले यस अघि देउवालाई हिन्दु राज्यका पक्षमा उभिन भनेको थियो । तर, कांग्रेसले मात्र भनेर नहुने भएपछि उनी एक्लैले निर्णय मुद्दा यो हुन सकेन । फेरि प्रधानमन्त्रीको दौडमा रहँदै गर्दा देउवालाई भारतले फेरि हिन्दु राज्यको पाशा फ्याकेको छ । किनकी धर्मको नामबाट नेपालमा छिरेर सधैं यहाँको राजनीति, प्राकृतिक सम्पदा स्रोतमा भारतले आँखा गाडेको छ । नेपाल अस्थिर भए आफूले सधैं खेल्न पाउन उसको सोच छ । यही भएर भारतले प्रचण्डदेखि देउवासम्मलाई हिन्दुको यो प्रस्ताव गरिसकेको संचारमाध्यमबाटै बेलाबेलामा आइरहेका छन् ।


यसपटक पनि देउवाले भाजापाको हिन्दु अतिवादी संस्था ‘राष्ट्रिय स्वंयसेवक संघ’ (आरआरएस)का नेता राममाधव सिंहसँग भेट गरेको भन्दै चर्चामा छन् । सोमबार केही साप्ताहिक पत्रिकाहरुले यस्तो खुलाला गरेका थिए । भारतले हिन्दु मिसनमा खुमबहादुलाई अगाडि सारेको छ । उनी पनि केही समय अघि दिल्ली पुगेका थिए । अर्का भारतविज्ञ अमरेशकुमार सिंह पनि देउवा अघि नै भारत पुगेका थिए । अर्को खेमा भए पन बिपीका कान्छा पुत्र एवं महामन्त्री शशांक कोइरालाले पनि आफू हिन्दु भएको भन्दै हिन्दु राज्य नेपाल नै चाहना भएको अमेरिका पुगेर बताइसकेका छन् । उनले नेपालमै पनि महाधिवेशन अघि हिन्दु राज्य, संघीयता, जस्ता विषयमा जनमतसंग्रहसम्म गर्नुपर्ने भन्दै बिबिसीमा अन्तर्वार्ता दिएका थिए ।

देउवा मात्र होइन एमाओवादी महासचिव महरा पनि दिल्लीमा

शेरबहादुर देउवाको सत्ता रणनीतिः ओली सरकार ढाल्ने ४ स्टेप

यी सबै विवरणलाई हेर्दा देउवाले हिन्दु राज्यको लागि प्रधानमन्त्री पदमा लोभ देखाउँछन् की भन्ने चिन्ता पनि उत्तिकै रहेको विश्लेषकहरु बताउँछन् ।
Loading...