Latest News

भीषण विस्फोटमा कम्तिमा १६५ को मृत्यु !!

Add caption


काठमाडौं: चीनको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १६५ जनाको ज्यान गएको छ ।

चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा यतिका संख्यमा मानिसको ज्यान गएको हो ।

यो विस्फोट गत वर्ष अगस्टमा उत्तरी सहर तियान्जिनमा भएको डरलाग्दो रसायन विस्फोटपछिको दोस्रो शक्तिशाली विस्फोट हो ।

समाचार अनुसार रसायन भण्डार गर्न अधिकार प्राप्त कम्पनी जियाङ्सु डेक्वीओ परिसरमा भएको हो ।

स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ ।

घटनापछि सार्वनजिक तस्बिरहरुमा रसायन भण्डारमा आगो लागेपछि चीनको जिङजियाङको आकाश धुवाँले ढाकेको देखाइएको छ ।

जिङजियाङ सरकारले घटनास्थललाई नियन्त्रणमा लिएर अवस्थालाई सामान्यीकरण गराउने प्रयास भइरहेको जनाएको छ ।

तर यो विस्फोटको कारण भने अहिलेसम्म खुलिसकेको छैन । चीनमा गत अगष्टमा पनि तियान्जिनमा यस्तै डरलाग्दो रसायन विस्फोट हुँदा सयौं मानिस मारिएका थिए । 
Loading...