Loading...
काठमाडौं महानगरपालिका नक्साल (प्रहरी हेडक्वार्टर अगाडि)मा डिउटीमा खटिएका प्रहरी हवल्दार मानबहादुर चन्दलाई हातपात गर्ने काठमाडौं महानगरपालिका–३४ नयाँबानेश्वर बस्ने २१ वर्षीय सज्जलदेव श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको अबस्थामा प्रहरी हवल्दार चन्दले सम्झाई बुझाई गर्ने क्रममा उल्टै गालीगलौज गरी हातपात समेत गर्दा प्रहरी हवल्दार चन्दको आँखामा गहिरो चोट लागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Loading...
Social Buttons