Loading...
र्यान्ड कर्पोरेशनले चीनबारेमा जारी गरेको आफ्नो रिपोर्टमा अमेरिकी थिङ्क ट्यांकले जनाए अनुसार आफ्नो राष्ट्रिय सुरक्षामा रहेको आवश्यकता पुरा गर्नका लागि भारतले सशस्त्र बलको आधुनिकीकरणमा जोड दिएको छ ।
चीन आफ्नो परमाणु बल संरचना एवम् अन्य सामरिक–निवारक जरूरतलाई मजबुत बनाउँदै आफ्नो प्रमुख सम्भावित प्रतिद्वन्द्वी अमेरिकालाई नै मानिरहेको छ । चीनले भारतलाई पछि पार्नका लागि ठूलो परिमाणमा आणविक हतियार विकासको रणनीति तयार पारिररहेको र्यान्ड कर्पोरेसनको दाबी छ ।
रुसलाई प्रमुख मित्रकारुपमा लिएर अघि बढिरहेको चीनले अमेरिकालाई प्रमुख प्रतिद्वन्द्वीकारुपमा लिएर उसँग सहकार्य गरिररहेको भारतलाई आणविक हतियारमा पछि पार्न फरक रणनीतिसहित अघि बढिसकेको दाबी अमेरिकी थिंक ट्यांकहरुको छ ।
भारतले अमेरिकाको सहयोग लिएर आणविक हतियारको वृद्धि गर्नेतर्फ लागेमा चीनले भारतको तुलनामा ठूलो क्षमताको परमाणु सश्त्र बनाउने रणनीति लिएको हो । चीनले भारतसँग सैन्य सम्बन्ध विस्तारसँगै आफूसँग प्रतिस्पर्धामा उत्रेमा उसको चुनौतीलाई सजिलै पार लगाउने गरि आणविक हतियार निर्माणको काम अघि बढाएको र्यान्ड कर्पोरेशनको दाबी छ ।
Loading...
Social Buttons