Latest News

आर्यघाट पुगेका मलामीलाई मौरीले आक्रमण गरेपछि शव नै छाडेर भागे- भाग्नेक्रममा १५ जना घाइते


घटनापनि कस्ता ! भारतको मध्यप्रदेशको बाजार चोकमा एउटा यस्तो घटना घटेको छ, जसले सबैलाई आश्चर्य बनाउँछ । बाजार चोकबाट शव लिएर आर्यघाट पुगेका मलामीलाई मौरीले आक्रमण गरेपछि शव नै छाडेर भागेकाछन् । 

ठूलो गोलोमा आएमा मौरीले आक्रमण गरेपछि आफ्नो ज्यान बचाउन दाहसंस्कारका लागि गएका मलामी शव नै छाडेर भागेका हुन् । मौरीहरु आफ्नो घारमा गएपछि उनीहरुले शवको दाहसंस्कार गरेका थिए । 

बुधबार जुन्जाम परिवारका एक सदस्यको मृत्यु भएको थियो । बिहान ११ बजे परिवार तथा छरछिमेकी र आफन्त शव लिएर आर्यघाट पुगे । उनीहरुले शवलाई दागबत्ती दिनुभन्दा पहिले आफ्नो संस्कार अनुसार पूजाआजा गर्न आगो बाले । आगोको धुँवा आउने बित्तिकै त्यहाँ नजिकै रहेका मौरीले मलामीलाई आक्रमण गरे । 

मौरीले टोकेर तथा मौरीले आक्रमण गरेपछि भाग्नेक्रममा १५ जना घाइते भएका छन् । उनीहरुले जिल्ला अस्पतालमा उपचार गरिएको छ । अन्नपूर्ण पोस्टमा आज खबर छ | 
Loading...