Latest News

राप्रपा नेपालमा कुटाकुट, विष्टलाई कारबाही गरेपछि पार्टीमा मच्चियो बबण्डर !!!

Raparpa-nepal
काठमाडौं, २१ चैत । राप्रपा नेपालमा दुई नेताहरुबीच कुटाकुट भएको छ । 

सहअध्यक्ष केशरबहादुर विष्ट कारबाही प्रकरणलाई लिएर राप्रपा नेपालको कोटाबाट उप-सभामुख बनेका गंगा यादव र उपाध्यक्ष राजीव पराजुलीबीच कुटाकुट भएको हो । 

वीरगन्ज बैठकले सह-अध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षको लागि निलम्बनको घोषणा गरेसँगै पार्टीभित्र तीब्र असन्तुष्टि छाएको छ । एक पक्षले फरक मत राखेको आधारमै बैठकले एकलौटी ढंगले विष्टलाई कारबाही गरिएको भन्दै नेतृत्वको कडा आलोचना भएको छ । 

वीरगन्जमा रहेको सुरज होटलमा यादव र पराजुलीबीच भएको विवाद हातहालाहाल पुगेको स्रोतले जानकारी दिएको छ । केही समयपछि यादव र पराजुलीलाई अलग कोठामा पुर्याइएको थियो । 

स्रोतका अनुसार शुक्रबार होटलमा यादवले नेतृत्वले विष्टलाई फरक मत राखेकै आधारमा कारबाही गरेको भन्दै विरोध गरेका थिए । तर, नजिकै रहेका पराजुली 'तिमी पनि विष्टको मान्छे रहेछौं' भन्दै यादव विरुद्व खनिएका थिए । 

यसरी पराजुली गंगाविरुद्व खनिएसँगै दुई पक्षबीच चर्को विवाद भएको थियो । 

यसैबीच उपसभामुख गंगा यादवले आफू र पराजुलीबीच सामान्य विवाद भएको स्वीकार गरे । यद्यपी विष्ट प्रकरणमा नभएर व्यक्तिगत कुरामा विवाद भएको उनको दाबी थियो । 'केशरबहादुरजीलाई कारबाही गरिएको मलाई थाहा छैन । अहिले उपसभामुख भएकाले म पार्टीको गतिविधिबाट टाढा छु' उनले भने । 
Loading...