Loading...
काठमाडौं । योनिमार्गबाट सेतो बाक्लो अनि गन्हाउने पदार्थ निस्कनुले पाठेघरमा संक्रमण भएको संकेत गर्छ । यस्तो अवस्थामा महिलाहरु सचेत हुनुपर्छ ।
यौनको संक्रमणबाट बच्न सेक्स गरिसकेपछि योनिलाई सफा पानीले सफा गर्ने, सुरक्षित यौन सम्पर्क गर्ने, गर्भनिरोधक जथाभावी औषधिहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरुका अनुसार जथाभावी औषधि प्रयोगले स्वास्थ्यलाई असर पुगाउने भएकाले पनि सबैले औषधि प्रयोगमा उचित परीक्षणविना जथाभावी औषधि प्रयोग गर्नु हुँदैन ।
यस्तो समस्या हुने महिलाले छिटोभन्दा छिटो एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउनु उपयुक्त हुन्छ ।
अर्को कुरा, गर्भपतन गराइसकेका महिलामा हुने समस्यामा पनि ध्यान दिनुपर्छ । परिवार नियोजनका साधनहरुका बारेमा परामर्श प्राप्त गर्नुपर्छ ।
Loading...
Social Buttons