Loading...
शुक्रबार काठमाण्डौ सदभावना पार्टीको २६ औं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लेखक लालले नेपालै नरहे पनि मधेस र मधेसी संस्कृति जिवन्त रहने भन्दै चिन्ता नलिन मधेसी आन्दोलनकारीलाई आह्वान गरेका छन् ।
लालले हिन्दी भाषामा सम्बोधन गर्दै भने-यति ठूलो मुद्दा लिएर हिडेका छौं भने किन हडबडाउने ? यदि नेपाल रह्यो भने त नेपाली नै रहने छौं, नेपाल रहेन भने मधेसी त हौं नि ।' उनले अगाडी भने-यसमा चिन्ताको कुरा के छ ? केही चिन्ता छैन् । राष्ट्र त बन्छ, बिग्रन्छ । तर, आफ्नो जुन सांस्कृतिक पहिचान छ, त्यो त रहिरहन्छ । हामी चाहान्छौं कि, नेपाल रहोस्, त्यसैले त संर्घष गरिरहेका छौं ।'
Loading...
Social Buttons