Loading...
वीरगन्ज भएको राप्रपा नेपाल केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले सह अध्यक्ष केशरबहादुर बिष्टको कडा आलोचना गरेका छन् । उनले निहित स्वार्थ र केही विदेशीको प्रभावमा परेर पार्टीलाई बिखण्डन गराउन खोजेको आरोप पनि लगाए । ‘मैले कहाँनेर कतिबेला हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्रका बिरुद्धमा गएँ, बाहिर बक्तब्यबाजी गरेर हुँदैन, केन्द्रीय समितिमा आएर कुरा राख्ने हिम्मत गर्नु पर्दछ’ थापाले भने ‘गलतरुपमा परिचालन भएका नेता कार्यकर्तालाई कडा भन्दा कडा कारवाही गरिनेछ ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीका ऐजेण्डा छोडेको भन्दै सहअध्यक्ष बिष्टले केही दिनअघि बिज्ञप्ती निकालेका थिए । बिज्ञप्ती निकालेर केन्द्रीय समितिको बैठकमा अनुपस्थित भएका बिष्टलाई तीन बर्षका लागि निलम्बन पनि गरिएको छ । तर बिष्टले भने निलम्बनको कुनै तुक नहुने प्रतिक्रिया दिएका छन् ।
बिष्टलाई कारवाही गर्ने पक्षमा सवै केन्द्रीय सदस्यहरु उभिएका थिए । बिष्टका छोरा विराट बिष्टसमेत कारवाहीको पक्षमा उभिएको एक केन्द्रीय सदस्यले बताए ।
Loading...
Social Buttons