Latest News

नेपालीहरुको लागि खुसीको खबर, १५ वर्षभित्र यस्तो हुनेछ जीवनस्तर !!!


काठमाण्डु, २० चैत– नेपाल सरकारले आगामी ज्ञछ वर्षभित्र नेपालीको जीवनस्तरको ढाँचा प्रक्षेपण गरेको छ । सरकारले सर्वसाधारणको वार्षिक प्रतिव्यक्ति आय साढे २ लाख रुपैयाँ (२ हजार ५ सय अमेरिकी डलर) पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो । 

सन् २०१६ देखि कार्यान्वयनमा आएको दिगो विकास लक्ष्य (२०१६–२०३०) कार्यक्रम अनुसार सरकारले प्रतिव्यक्ति आयको स्तरमा सो प्रक्षेपण गरेको जनाइएको छ । अहिलेको तुलनामा चार गुणा बढी प्रतिव्यक्ति आय पुर्यायउने महत्वाकांक्षी लक्ष्य निर्धारण समेत सरकारले गरेको छ । हाल नेपालीको औसत प्रतिव्यक्ति आय करिब ७० हजार रुपैयाँ रहेको देखिन्छ । 

अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्ष विकास खर्च ७० प्रतिशतभन्दा कम र आर्थिक वृद्धि औसत ४ प्रतिशत रहेको अवस्थामा सरकारको लक्ष्य महत्वाकांक्षी देखिएपनि कार्यान्वयन पक्ष चुस्त भए यो प्रक्षेपण सफल हुने समेत विश्लेषकहरुको ठहर छ। 

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०३० भित्र जोखिम अवस्थाका सबै नागरिकको आर्थिक स्रोतमा समान अधिकार कायम गर्ने जनाएको छ। त्यति बेलासम्म हाल कायम प्रतिदिन प्रतिव्यक्ति आय करिब २ अमेरिकी डलर हुने व्यक्तिको संख्या शून्यमा झारिनेछ । सरकारले प्रक्षेपण गरेको यो महत्वाकांक्षी योजनाको सफलता उसको कार्यान्वयान पक्षमा भर पर्ने विश्लेषकहरुको ठहर छ । 
Loading...