Loading...
‘अधिकारका पक्षमा आन्दोलन गरिरहेका मधेसी समुदायलाई ओली नेतृत्वको सरकारले हत्या आतंक मच्चाएर ७० जनाको ज्यान लिएको छ’ नेपालस्थित चिनियाँ दुतावास मार्फत पठाइएको पत्रमा भनिएको छ ‘हत्यारा सरकारका प्रमुख ओलीसँग कुनै पनि मेजर एग्रिमेन्ट नगर्न हाम्रो विशेष आग्रह छ ।’ ओलीले अधिकारका पक्षमा शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिकमाथी दमन गरेको आरोप उनीहरुले लगाएका छन् ।
‘ओली सरकार बहुमतको सरकार होइन, यो सरकारसँग मेजर एग्रिमेन्ट गरे नेपाली जनता मान्न बाध्य छैनन् भन्ने ब्यहोराको पत्र पठाएका छौ’ नेपाल सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने ‘७० जना निहत्थाको हत्या गर्ने सरकारका प्रमुख ओलीजी हो भन्ने जानकारी गराएका छौ ?’
चीन सरकारलाई पठाएको पत्रमा मधेसी मोर्चाका चार नेताले हस्ताक्षर गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले हस्ताक्षर गरेका छन् । गत मंगलबार नेपालस्थित चिनियाँ दुतावास पुगेर उनीहरुले पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई प्रभावित गर्न उनीहरुले पत्राचार गरेका हुन् । प्रधानमन्त्री ओलीलाई अन्तराष्ट्रिय जगतमा विवादित ब्यक्तिका रुपमा परिचित गराउने रणनीति मधेस केन्द्रीत दलहरुले लिएका छन् । प्रधानमन्त्री ओलीलाई दवाव दिने उदेश्य राखि चिनियाँ दुतावासमा पत्र पठाएपनि ओलीको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छ ।
Loading...
Social Buttons