Latest News

दुखद खबर ; नेपालगञ्जको घोराहीकी रिता चौधरीमाथि एसीड प्रहार , एसीड छ्याप्ने मोटरसाइकलमा फरार

newsabhiyanदिनेश ठाकुर , नेपालगञ्ज, फागुन २८ गते–  । दाङको घोराहीमा एक महिलामाथि एसीड प्रहार भएको छ ।
घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसल सञ्चालन गर्ने ३५ वर्षीया रिता चौधरी एसिड प्रहारबाट घाइते भएकी छन् । २७ फागुन साँझ ७ बजे मास्क लगाएका व्यक्तिले प्रहार गरेको एसीडबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ ।
स्थानीय क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।
“मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को बाइकमा थियो, चुरोट दिइसकेपछि फेरि नमकिन दिनु भन्यो” पीडित चौधरीले भनिन्, “नमकिन दिंदै गर्दा एसीड छ्याप्योे ।”
एसीड छ्यापेर उनीहरु मोटरसाइकलमा चढी फरार भएको चौधरीले बताइन् । किराना पसल भएको घरको पर्खाल हटाउने विषयमा विवाद भएको र विवाद गर्नेहरुले एसीड छ्यापेको हुनसक्ने उनकी आमा गुधासी चौधरीले बताइन् ।
घटनाबारे अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।
Loading...