Latest News

फागुजात्रामा हानाहान, तीनजना गम्भीर घाइते दुई जनाको अवस्था गम्भीर !!

फाइल तस्बिरफाइल तस्बिर
चितवन, ९ चैत । चितवनको दारेचोक गाविस–३ लामिडाँडाको फागु मेलामा दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । झडपमा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका छन् ।
सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो ।
Loading...