Loading...
तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई बेवास्ता गर्दै जागिर छोड्ने क्रम जारी छ ।
सशस्त्र प्रहरीको जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए ।
थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाक्थ्यो । जीवनभर पेन्सन खान पाउँथे । ‘परिवारसँग्को विछोड, कडा अनुशासनसहित २४ सै घन्टा सतर्क रहनुपर्ने र त्यसबापत १५ हजार रुपैयाँ पाइन्थ्यो । धेरै कुरा त राम्रा लाग्छन् । तर परिवार चलाउन गाह्रो भयो’, उनले राजीनामा दिनुको कारण खुलाए । नागरिक दैनिकले समाचार छापेको छ ।
नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार गर्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् ।
राज्यले लगानी गरेर दिएको त्यही सीपको प्रमाणपत्रसहित वैदेशिक रोजगारीमा जाने तयारीमा दीपक जस्ता अरु धेरै युवा छन् ।
सुरक्षा निकायको रोजगारीमा यसरी बीचमै छाडेर बिदेश जाने तयारी गर्ने दीपक प्रतिनिधि पात्रमात्रै हुन् ।
नेपालको सुरक्षा अंगमा आठ वर्ष विताएका दीपकले तालिम, अनुभवका आधारमा खाडी र अन्य मुलुकमा सुरक्षा गार्डको काम सजिलै पाउँछन् ।
सीप र अनुभवका आधारमा उनले जुनसुकै मुलुक गएपनि ५० हजार नेपाली रुपैयाँ भन्दा बढी तलब पाउन सक्छन् ।
Loading...
Social Buttons