Loading...
आजको पञ्चाङ्ग :
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुणमहिनाको २२गतेशनिवार। श्री सूर्य उत्तरायणशिशिर ऋतु । फाल्गुण कृष्णपक्षको एकादशीतिथिमध्यान्ह१३ बजेर ४४ मिनेटसम्म उपरान्त द्वादशी तिथि।उत्तराषाढानक्षत्र।वरियानयोग२३ः४४ बजेसम्म उपरान्त परिध योग।आनन्दादि योगमाराक्षसयोग । बालबकरण१३बजेर ४३मिनेटसम्मउपरान्त कौलबकरण । तदनुसार नेपालसंवत ११३६ सिल्लागा।योग संवत ३७ । ई.सं.२०१६ मार्च महिनाको ५तारिख ।आज विजया एकादशी ।
आजको राशिफल :२०७२ फाल्गुण २२ गते शनिवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागिआजकोदिन ईज्जत एवम् प्रख्याति बढ्ने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्न सकिने छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चतहका अधिकारीहरुसँग संपर्क विस्तार हुनसक्ने छ भने त्यसले महत्त्वाकांक्षी भावना बृद्धि गर्नपनि सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग गर्नु शुभ रहने भने अढैया शनिको मारमा परिरहनु भएको तपाईँले शनिको दुष्परिणाम निवारणको लागि कुनै उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजअवमूल्यन हुनसक्ने गोचर योग परेको हुनाले माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनालाई ग्रहले लक्षित गरिरहेको छ । कामकुरामा आज यहाँले अल्लि सावधानी अप्नाउन जरुरी हुनेछ ।तथापि केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत पनि धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने र धर्मकर्म सम्पादन हुनगई सदाचारले जय प्राप्त हुनेछ । ज्ञानी तथा धार्मिकजनप्रति लागेको सन्देह हट्ने तथा मार्गबोध हुनेछ । अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद हातपार्न सकिनेछ । नआत्तिने र नमात्तिने गर्नु बुद्धिमानी हुनेछ ।
मिथुन राशिः
मिथुन राशिकाव्यक्तिहरुको लागि आजको दिनझमेला आइलाग्नसक्ने सम्भावना देखिएको छ । धेरै हतार गर्दा उल्टो परिणाम आउनसक्ने तथा हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ । आहार विहारमा ध्यान नपुर्याए स्वास्थ्यमा पनि असर पर्ने गोचरप्रभाव देखिएको छ, ख्याल गर्नुहोला । अनिवार्य कार्यमा बढी परिश्रमको बाबजुत पनि कम उपलब्धिमा चित्तबुझाउनु पर्नसक्छ । ईज्जत–प्रतिष्ठामा पनि चुनौती थपिने र खर्च पनि बढ्नसक्ने छ । धैर्य एवम् संयमको अभ्यास गर्नुहोला । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग र रोगीको सेवा गर्नु शुभकारक हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुकोलागिआजकोदिनदाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजकोदिनसमय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । कसैकसैलाई अभिष्टकार्यमा केही बाधा अड्चन आउनसक्ने छ । इष्टकार्यको अन्तिममा आउनसक्ने बिघ्नताको निवारणको लागि आज यहाँले शनिश्चरलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सक्नुहुने छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागिआजमध्यम रहेको देखिन्छ । आत्मरतीको चाहनामा बृद्धि हुने र बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले परमुणबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययन तथा सिक्ने सिकाउने विषयको पक्षमा भने उन्नति हुनेछ । दैनिक व्यवहार सामान्य नै चल्नेछ । पाँच अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने शनिमहाँकालको श्रद्धाभक्ति गर्नु थप हितकर हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागिआजको दिनबोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी गर्नु जरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरको लक्षण छ । आज यहाँको लागि चार अंक, सेतो रङ्ग शुभ हुनेछ । साथै आज यहाँले साढेसाती शनि शान्तिको लागि उपयुक्त उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजबहुआयामिक दिन रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने विशेष कामको लागि सहकार्यको प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भनेसाढेसाती शनिको प्रभावलाई न्यून गर्न शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागिआजसामान्य अनुकूल देखिएको छ । अनायासै वाणीमा दोष पर्नसक्ने सम्भावना भएकोले बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु राम्रो हुनेछ । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने कुरालाई पनि नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका भने मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजगपूर्ण व्यवहारिकता निर्वाह गर्नु उपयुक्त हुनेछ । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग उपयुक्त रहने छ भने साढेसाती शनिको उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागिआजको दिनफेरिएको छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभाव बढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने शनिदेवको दर्शनभक्ति पनि फापकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागिआजसंघर्ष गर्नपर्ने दिन देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ । मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागिआजकार्यक्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । प्रतिस्पर्धामा विजय मिल्ने तथा प्रख्याति बढ्ने छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने शनिदेवलाई खुशीबनाउन शनिको नाममा गरीब एवम् दिनदुःखीलाई दानदातव्य तथा सहयोग गर्नु शुभकर हुनेछ ।
Loading...
Social Buttons