Latest News

गोदावरीमा मानव कङ्काल फेला !!!

धनगढी, १९ चैत । कैलाली जिल्लाको गोदावरी–८ भ्यागुतेपानी भन्ने ठाउँमा बिहीबार एक व्यक्तिको कङ्काल फेला परेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया नगरपालिका–१३ का ७२ वर्षीय वृद्ध करण बोहराको कङ्काल भेटिएको जनाएको छ । बोहरा विगत एक महिनाअघि देखि बेपत्ता रहेका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । रासस 

Loading...